Saturday 26th September 2026

अनुरा कुमारा दिसानायके बने श्रीलंकाको नयाँ राष्ट्रपति


श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी पार्टी नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएका छन् ।

दिसानायकेले श्रीलंकाको नवौँ राष्ट्रपतिको रूपमा सोमबार शपथ लिने छन् । उनका प्रतिद्वन्द्वी सजिथ प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत पाएका छन् । श्रीलंकाको इतिहासमा पहिलो पटक दोस्रो चरणको मतगणनापछि राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक भएको हो ।

चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो ।

श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।


सम्बन्धित शीर्षकहरु

सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १ सय ५७ घर डुबानमा परेका छन्।…

पाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते गर्ने निर्णय गरेको छ। शनिबार…

रुसले युक्रेनसँगको युद्धमा सैनिकहरूको मनोबल बढाउन ६ सय वर्षभन्दा पुरानो सन्त योद्धा दिमित्री दोन्स्कोयको अवशेष युद्ध मोर्चामा पठाएको छ। रुसी…

प्रतिकृयाहरू
...