Saturday 26th September 2026

इरानमा कोइलाखानीमा विस्फोट हुँदा ५१ जनाको मृत्यु


इरानको एक कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ग्यास चुहावटका कारण विस्फोट भएको हो ।

दक्षिणी खोरासन प्रान्तमा भएको विस्फोटमा अन्य २० भन्दा बढी घाइते भएका छन् । राजधानी तेहरानबाट ५४० किलोमिटर दक्षिणपूर्वमा रहेको ताबासको खानीका दुईवटा ब्लकमा मिथेन ग्यास विस्फोट भएको हो ।

३० हजार वर्गकिमी क्षेत्रफलमा फैलिएको इरानको सबैभन्दा ठुलो कोइला खानीभित्र अझै कति कामदार फसेका छन् भन्ने यकिन भइसकेको छैन ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...