Thursday 19th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय पैँतालिसौँ भाग (१४५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८१/०५/१०
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १
बनिबुतो दुई थोपा तेलमा दियो बालेको छ
त्यही दियो पनि हावाले निभाउन थालेको छ
आस गर्ने ठाउँ त छैन खुसीले बाँच्नु कहाँ
उल्टो परिस्थितिले मन र मस्तिष्क गालेको छ
दैवले जिन्दगी माथि कस्तो यो गोटी चालेको छ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ

पञ्चाङ्ग २

धोकेवाज मान्छेको पछाडि पर्छन्
पटक पटक त्यसैको नै भर गर्छन्
कहाँ लगेर फसाउछ भन्ने नबुझी
नचाहिने हल्ला सबैतिर छर्छन
अन्त्यमा अकालमा परि मर्छन ।

कला ढकाल झापा

पञ्चाङ्ग ३

राधाकृष्णको रुपमा दिखिए बालबच्चा
कवि कविता स्वरुप लिखिए बालबच्चा
जहाँ गए पनि आज भगवानकै गाथा
नयाँ नौलो कपडामा सेखिए बालबच्चा
मुरली सँगै दहीमा मेखिए बालबच्चा ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४

भर परेकै मान्छे पनि कुनै दिन अभर परि देला
आफ्नो थैली रित्याएर झोला अर्काको कसले भरि देला
सकेसम्म आफैं पुरा गर्नु आफ्नो इच्छा नत्र फालि दिनु
आफ्नो लागि आफैं मर्नु पर्छ अर्काको लागि को मरि देला
नसोच आफ्नो इच्छा मेरो छोराछोरीले पुरा गरि देला

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ५

युद्ध गर्दा मार भयो
यात्रा सारा भार भयो
गरी कर्म आफ्नै लागि
दु:ख कष्ट पार भयो
सुख शान्ति सार भयो ।

– आर्त अकुलीन

पञ्चाङ्ग ६
गर्नेहरुले के के काम गर्छन थाह छैन
यसरी नै सबैले भर पर्छन थाह छैन
तर आफ्नो हो भनि परिश्रम गर्नु पर्नेमा
गर्नेलाई अनेक कान भर्छन थाह छैन
अनि खान नपाई भोकै मर्छन थाह छैन ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चङ्ग ७

सानालाई ठूलाको सधैँ पर्छ दबाब
राम्रो कामको समाजमा पर्छ प्रभाव
जताततै हुँदो रहेछ मतस्यन्याय
रीतिविनाको कामले त !पर्छ अभाव
भ्रष्टाचारीको दुष्ट हुनुपर्छ स्वभाव ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग ८

कोही छैनन् यहाँ राम भन्ने
जो कोही छ सधैँ दाम भन्ने
धनदौलतमा फसे सारा
कुरेर बसेका खाम भन्ने
कमै पाइन्छन् रे काम भन्ने ।

काममा सधैँ अगाडि बढ्ने हो
सके हिमाल माथि चढ्ने हो
काम सजिले कुनै पनि छैन
देशकाे लागि भुईँमा गढ्ने हो
विद्या हामीले राम्ररी पढ्ने हो ।

नवराज भट्ट
कञ्चनपुर

पन्चाङ्ग ९

पछाडि होइन अगाडि हेर्नुपर्छ
ठूला र बडाले भनेको टेर्नुपर्छ
भइरहेको कुरा ठीक छैन भने
तर्क र बितर्कल पुरै घेर्नुपर्छ
पुरानोलाई त्यागी नयाँ फेर्नुपर्छ ।

देवी पन्थी

पञ्चाङ्ग १०

मेलापर्व त सामाजिक गहना हुन्छन्
पर्वमा सामिल पनि सबैजना हुन्छन्
प्रेम सद्भावले भरिपूर्ण परम्परा
लुकेका यिनिभित्र सम्वेदना हुन्छन्
थुपै यिनैलाई सिमट्ने रचना हुन्छन् ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ११

दुष्ट कंसका मरणको प्रतीक हुन् कृष्ण
भक्तहरूका शरणको प्रतीक हुन् कृष्ण
संसारमा‌ गीताको ज्ञान सबलाई छर्ने
दुःख र कष्टहरणको प्रतीक हुन् कृष्ण
धर्म र कर्म धरणको प्रतीक हुन् कृष्ण ।

     अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १२

खेतबारीमा अन्न फलफूल फलेकै छ
जसोतसो व्यवहार पनि त चलेकै छ
सन्तोषी भएर होला धेरै दुःख पाएको
सत्यता हराएकोमा समाज गलेकै छ
एउटाको प्रगति हुँदा अर्को जलेकै छ ॥

बाठाले लाटासिधाहरूलाई छलेकै छ
ठुलाबडाले सानातिनालाई दलेकै छ
संविधानको मर्म शान्ति नारा मात्रै भयो
छ छ महिनामा नेपाली सत्ता ढलेकै छ
सानातिनाले ठूलाका पैताला मलेकै छ ॥

आजसम्म व्यवहार दुःखले टलेकै छ
घरघरमा बिजुली बत्ती नी बलेकै छ
सबै कुरा ठिक भए किन विरोध गर्नु
घुस नपाएपछि कर्मचारी झलेकै छ
बिहानबेलुकै खोप्पीमा गाँस भलेकै छ ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १३

कोपेर तिर स्वार्थमा उता सरेर नजाऊ
पीरका गाँठा कसेर , पछि परेर नजाऊ
हकका लागि बजाऊ बाजाहरू चेतनाका
तर रचेर त्यो भ्रम जाल छरेर नजाऊ
दरिला दिमाग अनाहक हरेर नजाऊ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १४

खाली अर्कैको हातमा सफलता किन दिलाउछन
बैँसको अनौठो मातमा सफलता किन दिलाउछन
के मुर्ख देखि मात्रै डराउने हुन त भगवान पनि सधैँ
कसिलो बात र लातमा सफलता किन दिलाउछन
रिस घमण्ड र औकातमा सफलता किन दिलाउछन ।

खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

पञ्चाङ्ग १५

सद्भावले भरिएको महान हाम्रो पर्व
बिश्वभरि छरिएको महान हाम्रो पर्व
श्रीकृष्णको जन्माष्टमी परेको छ नी आज
भक्ति साथ गरिएको महान हाम्रो पर्व
दुःख सारा हरिएको महान हाम्रो पर्व ।

खोम काफ्ले,
दागाना,निचुला,भूटान

पञ्चाङ्ग १६

ढिला भएपनि पक्कै असत्य ढल्छ सधैँ
सत्य असत्य बीच सधैँद्वन्द चल्छ सधैँ
तत्पर नै रहनु पर्छ लिन दिव्य ज्ञान
प्रभुको साथ भए भवबाधा टल्छ सधैँ
सतर्क नहुँदा आफ्नै छायाले छल्छ सधैँ ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी


सम्बन्धित शीर्षकहरु

अल-मुजैनी एक्सचेन्ज कम्पनीले मुबारक अल कबीरमा आफ्नो नयाँ शाखा खोलेको छ । कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

छत्तीसगढको सुकमा जिल्लाको कोन्टा थाना क्षेत्रमा बोक्सीको आशंकामा पाँच गाउँलेमाथि लाठी प्रहार गरिएको छ । माओवादी प्रभावित जिल्लाको एट्कल भन्ने…

प्रतिकृयाहरू
...