Tuesday 13th October 2026

तनहुँ सेवा समाज कुवेतद्वारा नेपालका मुटु रोगीको उपचारार्थ रू २२ हजार बढिको आर्थिक सहयोग


तनहुँ सेवा समाज कुवेतले नेपालका मुटु रोगीको उपचारार्थ रू. २२ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । सो रकम समाजमा आवद्ध सदस्यहरू तथा अन्य सहयोगदाताहरूबाट संकलन गरि पीडितका आफन्त मेघ बहादुर आलेलाइ कुवेती दिनार ५१ केडी ५०० फिल्स हस्तान्तरण गरिएको हो ।

यस अघि तनहुँ जिल्ला भिमाद नगरपालिका वडा न. ९ अस्पाग्दी निवासी फत बहादुर रानाकी श्रीमती भज माया राना करिब ५-६ बर्ष देखि मुटु सम्बन्धि समस्याबाट पीडित भएको र उपचार गर्न आर्थिक अभावको कारण असहज भएको खबर प्राप्त भएपछि समाजको हिँजो ६ सेप्टेम्बर २०२४ का दिन बसेको बैठकले सकेको सहयोग गर्ने निर्णय गर्दै सो रकम संकलन गरि सहयोग पठाइएको हो ।

सामाजिक र मानवीय सेवामा सहयोगी हातहरूमार्फत हातेमालो र सहकार्य गर्ने पुनित उद्देश्य लिएर अघि बढेको तनहुँ सेवा समाज कुवेतले आकस्मिक रूपमा रकम संकलन गरी भज मायाको उपचारार्थ पठाउने निर्णय गरे लगत्तै स्वःस्फुर्त रूपमा सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिंदै आगामी दिनमा समेत सबैको साथ सहयोग र समर्थनमा मानवीय सेवाका कार्यहरू गर्दै जाने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...