Sunday 1st November 2026

तमू समाज कुवेतले छैटौ अधिवेशन सेप्टेम्बर २७ मा गर्ने


तीतोपाटी- तमू समाज कुवेतले सेप्टेम्बर २७ मा छैटौ अधिवेशन गर्ने भएको छ भने डिसेम्बर २७ मा तमू ल्होसार मनाउने भएकोछ।
तमु गुरुङहरुको साझा संस्था तमू समाज कुबेतको छैटौ अधिवेशन आउदो सेप्टेम्बर २७ तारिख कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा बिबिध सास्कृतिक कार्यक्रमको साथ गर्ने भएको छ। भने तमूहरु को महान पर्व ‘तमू लोसार’ आगामी डिसेम्बर २७ तारिख मनाउने निर्णय गरेको समाजका महासचिव सुरेश गुरुङले जानकारी दिएका छ्न।
फरक फरक मितिमा हुन लागेको अधिबेशन र ल्होसार कार्यक्रम उपस्थितिका कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण कुवेतबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजक तमु समाज कुवेतले अनुरोध गरेकोछ।

कार्यक्रमको विवरण:
अधिबेशन
मिति:- सेप्टेम्बर २७ तारिक २०२४ शुक्रबार
स्थान:- खैतानको राजधानी होटलको सभाहल
समय:- मध्यान १२ बजेदेखी
आयोजक:- तमू समाज कुबेत
तमु ल्होसार
मिति:- डिसेम्बर २७ तारिख
बिस्तृत पुन जानकारी गराईने


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...