Saturday 17th October 2026

तमू समाज कुवेतले छैटौ अधिवेशन सेप्टेम्बर २७ मा गर्ने


तीतोपाटी- तमू समाज कुवेतले सेप्टेम्बर २७ मा छैटौ अधिवेशन गर्ने भएको छ भने डिसेम्बर २७ मा तमू ल्होसार मनाउने भएकोछ।
तमु गुरुङहरुको साझा संस्था तमू समाज कुबेतको छैटौ अधिवेशन आउदो सेप्टेम्बर २७ तारिख कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा बिबिध सास्कृतिक कार्यक्रमको साथ गर्ने भएको छ। भने तमूहरु को महान पर्व ‘तमू लोसार’ आगामी डिसेम्बर २७ तारिख मनाउने निर्णय गरेको समाजका महासचिव सुरेश गुरुङले जानकारी दिएका छ्न।
फरक फरक मितिमा हुन लागेको अधिबेशन र ल्होसार कार्यक्रम उपस्थितिका कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण कुवेतबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजक तमु समाज कुवेतले अनुरोध गरेकोछ।

कार्यक्रमको विवरण:
अधिबेशन
मिति:- सेप्टेम्बर २७ तारिक २०२४ शुक्रबार
स्थान:- खैतानको राजधानी होटलको सभाहल
समय:- मध्यान १२ बजेदेखी
आयोजक:- तमू समाज कुबेत
तमु ल्होसार
मिति:- डिसेम्बर २७ तारिख
बिस्तृत पुन जानकारी गराईने


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...