Sunday 27th September 2026

टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ


सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ । फ्रान्सेली प्रहरी अधिकारीहरुका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा जारी भएको पक्राउ पुर्जीका आधारमा समातिएको हो ।

टेलिग्राम एप रुस, युक्रेन र यस क्षेत्रका अन्य देशमा निकै लोकप्रिय रहँदै आएको छ । प्रयोगकर्ताको डाटा हस्तान्तरण गर्न अस्वीकार गरेपछि रुसले सन २०१८ मा यो एपमाथि प्रतिबन्ध लगाएको थियो । तर सन्२०२१ मा सो प्रतिबन्ध हटाइएको थियो ।

टेलिग्राम फेसबुक, युट्युब, ह्वाट्सएप, इन्ष्टाग्राम, टिकटक र विच्याटपछि विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल मञ्चमा पर्दछ । दुरोभले सन् २०१३ मा टेलिग्रामको स्थापना गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...