Wednesday 2nd July 2025

रामेछाप पहिरो (अपडेट)ः ६ जनाको शव भेटियो, अझै ४ जना सम्पर्कबिहिन


रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरको लेकखर्क पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया चण्डिका थापामगर र उनका १८ महिने छोरा आमस थापा मगर रहेका छन् ।

यस्तै ४० वर्षीया उर्मिला पहरी,१७ वर्षीय सन्दीप पहरी,१८ वर्षीय विज्ञान पहरी र १४ वर्षीय सन्तोष पहरीको पनि शव फेला परेको छ । चण्डिकाको घरबाट १० वर्षीया अन्जना पहरीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

प्रहरीका अनुसार अझै ४ जना सम्पर्कविहीन रहेका छन् । ७५ वर्षीय फडके पहरी,५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया विन्दा पहरी सम्पर्कविहीन छन् । पहिरोले ५ वटा घर बगाएको छ । सम्पर्कविहीनहरूको खोजी भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...