Friday 16th January 2026

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने


कुवेत – बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ ।

कुवेतस्थित खैतानको राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन हुने संयोजक दिपक कुमार नेपालीले जानकारी दिएका छन । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्ण ४ बजेसम्म हुनेछ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका बागलुङेहरुको भेलाले “समृद्ध बागलुङका लागि हाम्रो साझा प्रतिबद्धता” मुल नारालाई आत्मसाथ गर्दै गत १९ जुलाई २०२४ मा दिपक कुमार नेपालीको संयोजकमा तदर्थ समिति गठन गरेको थियो ।

बागलुङका विभिन्न ठाउँबाट कुवेत आएका बागलुङेहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, कुवेतमा रहेका विभिन्न नेपाली संघ – संस्था संग हातेमालो गर्दै सामाजिक कृयाकलापहरुमा सक्रिय हुने संयोजक नेपालीले बताए ।

कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्था, समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिन समेत आयोजकले अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...