Friday 11th September 2026

पाल्पाका सुशिल बस्याल “राष्ट्रप्रेमी” को अभियान कामाख्या मन्दिरमा


बगनासकाली-८, बराङ्दी पाल्पामा जन्मिएका सुशिल बस्यालले सञ्चालन गरेको लालीगुँरास अभियानले निरन्तरता पाउँदै गएको छ । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा अबस्थित कामाख्या भगवतीको मन्दिर परिसरमा पनि लालीगुँरास रोपिएको र उक्त लालीगुँरास अभियानले राष्ट्रियताको सन्देश सहित मन्दिरको प्रचार प्रसार हुने राष्ट्रप्रेमी बस्यालले बताए ।

पातलो बस्ती रहेको यो डाँडामा यसअघि कुनै कामले खासै कोही मानिस नपुग्ने गरेकामा अहिले वसन्तपुरमा मन्दिर निर्माण भई आकर्षक धार्मिक गन्तब्य बनेपछि स्थानीय खुसी भएको कुरालाई जोड दिदैँ तिनाउ गाउँपालिका ३ का वडा सदस्य तथा समाजसेवी टंक बस्यालले लालीगुँरास रोप्दा राष्ट्र प्रती नागरिक जिम्मेवार बन्न समेत प्रेरित हुने बताए ।

कामाख्या मन्दिरका पुजारी प्रभाकर तिमिल्सिना
सुरेश पौडेलले यो अभियान पवित्र रहेको र यस्ता अभियानले समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख गराउन टेवा पुग्ने बिषयलाई जोड दिदैँ खुशी ब्यक्त गरे ।
उक्त अभियानमा कामाख्या मन्दिर परिसरमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज बिष्णु मिश्र लगायत कर्मचारीको उपस्थितिमा बिरुवा रोपिएको थियो ।

कलिलो उमेर देखि सामाजिक काममा सक्रिय हुँदै राष्ट्रियताको बिजाकुंर सहित जैविक विविधता एवं वातावरणको संरक्षणमा जोड दिदैँ एक घर एक लालिगुँरास अभियानका अभियान्ता सशिल बस्याल “राष्ट्रप्रेमी” निरन्तर लागेका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...