Saturday 24th January 2026

पाल्पाका सुशिल बस्याल “राष्ट्रप्रेमी” को अभियान कामाख्या मन्दिरमा


बगनासकाली-८, बराङ्दी पाल्पामा जन्मिएका सुशिल बस्यालले सञ्चालन गरेको लालीगुँरास अभियानले निरन्तरता पाउँदै गएको छ । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा अबस्थित कामाख्या भगवतीको मन्दिर परिसरमा पनि लालीगुँरास रोपिएको र उक्त लालीगुँरास अभियानले राष्ट्रियताको सन्देश सहित मन्दिरको प्रचार प्रसार हुने राष्ट्रप्रेमी बस्यालले बताए ।

पातलो बस्ती रहेको यो डाँडामा यसअघि कुनै कामले खासै कोही मानिस नपुग्ने गरेकामा अहिले वसन्तपुरमा मन्दिर निर्माण भई आकर्षक धार्मिक गन्तब्य बनेपछि स्थानीय खुसी भएको कुरालाई जोड दिदैँ तिनाउ गाउँपालिका ३ का वडा सदस्य तथा समाजसेवी टंक बस्यालले लालीगुँरास रोप्दा राष्ट्र प्रती नागरिक जिम्मेवार बन्न समेत प्रेरित हुने बताए ।

कामाख्या मन्दिरका पुजारी प्रभाकर तिमिल्सिना
सुरेश पौडेलले यो अभियान पवित्र रहेको र यस्ता अभियानले समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख गराउन टेवा पुग्ने बिषयलाई जोड दिदैँ खुशी ब्यक्त गरे ।
उक्त अभियानमा कामाख्या मन्दिर परिसरमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज बिष्णु मिश्र लगायत कर्मचारीको उपस्थितिमा बिरुवा रोपिएको थियो ।

कलिलो उमेर देखि सामाजिक काममा सक्रिय हुँदै राष्ट्रियताको बिजाकुंर सहित जैविक विविधता एवं वातावरणको संरक्षणमा जोड दिदैँ एक घर एक लालिगुँरास अभियानका अभियान्ता सशिल बस्याल “राष्ट्रप्रेमी” निरन्तर लागेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...