Sunday 1st November 2026

FNJ कुवेतको सचिवमा शेर्पा


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको सचिव पदमा आङकाजी शेर्पा (आकाश) नियुक्त भएका छन् । कुवेतको फर्वानियस्थित एभरेस्ट नेपाली रेष्टुरेण्टमा सम्पन्न वैदेशिक शाखा कुवेतको विशेष बैठकले शेर्पालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

केही दिन अघि निवर्तमान सचिव हरी बानियाँले सचिव पदबाट दिएको राजिनामालाई उक्त बैठकले स्वीकृत गरेसंगै सचिवमा शेर्पालाई नियुक्त गरि कार्यभार समेत सुम्पिएको छ । सचिवमा शेर्पाको नियुक्तिले पत्रकार महासंघ कुवेत शाखाको कार्य-सम्पादनमा थप गति मिल्ने अपेक्षा गरिएको छ । नवनियुक्त सचिव शेर्पा कुवेतबाट संचालित परदेशी खबर डट कमको कार्यकारी सम्पादक हुन् ।

अध्यक्ष राज मल्लको अध्यक्षतामा बसेको बैठकले गत अगस्ट २ तारिख सम्पन्न शाखाको १५ औं स्थापना दिवस तथा विदेश विमर्श कार्यक्रमको समिक्षा गर्दै सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल, अतिथिहरु, मूख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज, मिडिया पार्टनर, वक्ता, सहजकर्ता लगायत सो कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त समेत गरेको छ।



सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...