Thursday 16th July 2026

कमला ह्यारिसलाई १९३ डेमोक्रेटिक सांसदको समर्थन


डेमोक्रेट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेको कमला ह्यारिसलाई १९३ डेमोक्रेट सांसदको समर्थन पाएकी छन् ।

राष्ट्रपति जो बाइडेन २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिएपछि कमला ह्यारिस राष्ट्रपतिको दौडमा अगाडी बढेकी छन् । उनको पहिलो चुनौती डेमोक्रेट नेताहरुको समर्थन पाउनु रहेको छ । अहिले पनि कैयौं नेताहरुले उनलाई उम्मेदवारको रुपमा समर्थन गर्न हिच्किचाइरहेका छन् । यसमा सबै भन्दा ठुलो नाम पुर्व राष्ट्रपति बाराम ओबामाको रहेको छ ।

ओबामाले बाइडेन राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटेकोमा प्रसंशा गरेपनि ह्यारिसको समर्थन गरेका छैनन् । उनले डेमोक्रेटिक पार्टीको अगस्तमा हुने कन्म्भेन्सनमा सहि उम्मेदवार छान्ने बताएर ह्यारिसलाई समर्थन नगर्ने संकेत दिएका छन् ।

अर्कोतर्फ अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कमला ह्यारिसलाई आगामी अमेरिकी राष्ट्रपतिका लागि समर्थन गरेकी छन् । क्लिन्टन सन् २०१६ मा डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार थिइन् । त्यसपछि उनी ट्रम्पसँग हारेकी थिइन् ।

क्लिन्टनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कमला ह्यारिसलाई लामो समयदेखि चिन्छु । उनी एक प्रतिभाशाली वकिल हुन्। कमला ह्यारिसले दोषी अपराधी डोनाल्ड ट्रम्प र ुप्रोजेक्ट २०२५ु को स्वतन्त्रता लिने एजेन्डा विरुद्ध लड्नेछिन् । तर, यो काम उनी एक्लैले गर्न सक्दैनन् ।ु हिलारीले कमला ह्यारिसलाई समर्थन गर्न देशवासीलाई अपिल गरेकी छन् ।

सीएनएनले बाइडेनको समर्थन पाए पछि ह्यारिसले आफ्नो पक्षमा समर्थन जुटाउन १० घण्टा नेताहरुसँग कुरा गरेको उल्लेख गरेको छ । यस क्रममा ह्यारिसले पूर्व राष्ट्रपति बराक ओबामा र बिल क्लिन्टनका साथै पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसँग पनि कुरा गरेको दाबि गरिएको छ ।

बाइडेनदेखि हिलारी क्लिन्टनसम्म सबैले कमला ह्यारिसको उम्मेदवारीलाई समर्थन गरे पनि, डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेदवार अझै बनेकी छैनन् । डेमोक्रेटिक पार्टीमा राष्ट्रपतिको उम्मेदवारका लागि अझै धेरै उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन करिब १०० दिन बाँकी छ तर डेमोक्र्याटिक पार्टीमा नयाँ उम्मेदवार कसरी छनोट गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै समाधान हुन सकेको छैन । अब डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सन अगस्ट १९ बाट सुरु हुँदैछ, जसमा नयाँ उम्मेदवार चयन हुने बताइएको छ ।

यस अघि उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेपछि पहिलो पटक सार्बजनिक रुपमा सम्बोधन गरेकी छन् । यसक्रममा उनले राष्ट्रपति बाइडेनको कामको प्रशंसा गर्दै बाइडेनले चार वर्षमा धेरै राष्ट्रपतिले दुई कार्यकालमा गर्न नसक्ने काम गरेको बताइन् ।

ह्यारिस पेरिस ओलम्पिक अघि ह्वाइट हाउसमा अमेरिकी खेलाडीहरूको अभिनन्दन समारोहमा आइपुगेकी थिइन्। कोभिड पोजिटिभ भएका कारण बाइडेन कार्यक्रममा उपस्थित थिएनन् ।


सम्बन्धित शीर्षकहरु

कुनै तस्बिर केवल एउटा क्षणको अभिलेख हुँदैन, त्यो समयले लेखेको एउटा कथा पनि हुन्छ। फुटबल इतिहासमा यस्तै एउटा तस्बिर अहिले…

कुवेतको गृह मन्त्रालयले बुधबार ज्लीब अल–शुयोख क्षेत्रमा ठूलो सुरक्षा तथा अनुगमन अभियान सञ्चालन गरेको छ। पहिलो उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख…

नेपालका केही मिडिया, सञ्चारकर्मी र आफूलाई ‘जेनेरेसन–जी (Gen Z) अभियन्ता’ भन्नेहरू आजको सरकारको यस्तो आलोचना गरिरहेका छन्, मानौँ यो सरकार…

प्रतिकृयाहरू
...