Monday 5th October 2026

प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा


प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । 
खैतानस्थिन राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको हो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि डा. राजन भट्टराई २५ जुलाईको बिहान १० बजे कुवेत आईपुग्ने छन भने विशेष अतिथि संजय थापा २३ जुलाईको साझ ४ बजे कुवेत आईपुग्ने आयोजकले जनाएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज परराष्ट्र बिज्ञ डा. राजन भट्टराई र प्रवासी नेपाली मंञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संन्जय थापाले कार्यक्रममा संम्बोधन गर्नेछन । दिनको ठिक १२ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने छ ।
कुवेतको नेपाली समाजमा सन २०१२ मा मन्चको स्थापना भएको  थियो । कुवेतमा कार्यरत रही नेकपा एमाले संग आस्थावान् व्यक्तित्व लगायत सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...