Tuesday 23rd December 2025

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ कार्यक्रम मनाउने


नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा यही अगष्ट ९ तारिख शुक्रबार कुवेतको खेतान स्थित राजधानी प्यालेसमा ‘विश्व आदिवासी दिवस २०२४’ कार्यक्रम सम्पन्न गर्ने भएको छ । संयुक्त राष्ट्र संघ द्वारा पारीत अगष्ट ९ लाई विश्वभरिका आदिवासी जनजातिहरूले ‘आदिवासी दिवस’ रुपमा मनाउने गर्दछ । यसै अवसरमा नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा आफु मातहतमा रहेका कुवेतमा कृयाशिल जातिय सस्थाहरुलाई समेटी सोही ‘अगष्ट ९’ तारिख आदिवासी जनजाती समुदायको मौलिक जातिय झाकी, शुभकामना आदान प्रदान एवं मौलिक लोक सास्कृतिक प्रस्तुतीका साथ कार्यक्रम आयोजना गरिएको स्रोतले जनाएको छ साथै उक्त दिन अन्य कार्यक्रम नजुधाई सहयोग गरी दिन सम्पूर्ण नेपाली समुदायलाई यसै मार्फत अनुरोध गरिएको छ ।

विश्वभर छरिएर रहेका आदिवासी समुदायहरुको समस्या लगभग एकै प्रकृतिको भएको महसुस गरी उनिहरुको हक अधिकार सुनिश्चित गर्न, भाषा संस्कृति एवं परम्परागत ज्ञान र शिपलाई जगेर्ना गर्ने उदेश्यले संयुक्त राष्ट्र संघको बिशेष कार्यदलको पहिलो बैठक सम्पन्न भएको दिन ‘अगस्त ९’
(सन् १९८२, जेनेभा) लाई बिशेष स्मरणीय दिनको रुपमा संयुक्त राष्ट्र संघले ‘विश्व आदिवासी दिवस’ घोषणा गरेको हो । यस् पस्चात नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष रुपमा बिबिध चेतना मुलक कार्यक्रम सहित आदिवासी जनजातिहरूको हक अधिकार, संस्कृति, पहिचानको आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।
नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखामा आवद्ध कुवेतमा कृयाशिल जातिय सस्थाहरु;
१) नेपाल मगर संघ, कुवेत
२) तमू समाज, कुवेत
३) नेपाल तमाङ धेदुङ, कुवेत
४) किराँत राई यायोख्खा, कुवेत
५) किराँत याक्थुङ्ग चुम्लुङ्ग, कुवेत
६) सुनुवार सेवा समाज, कुवेत
७) तमू प्ये ल्हु संघ, कुवेत
८) नेवाँ गुठी, कुवेत


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...