Monday 12th January 2026

बेलायतमा लेबर पार्टी १४ वर्षपछि अत्याधिक बहुमत सहित सत्ता फर्कियो


बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो।

शुक्रबार सार्वजनिक भएको नतिजामा लेबर पार्टीले बहुमत पार गरेको छ । ६५० सिटमध्ये ४१० भन्दा बढी सिटमा जित निकालि सकेको छ । बेलायतमा सरकार बनाउन ३ सय २६ सिट आवश्यक पर्छ ।

सन् २०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका ऋषि सुनकले भने अहिलेसम्म ९२ सिटमा मात्र जित हात पारेका छन् । सुनकले हार स्वीकार गर्दै पार्टीसँग माफी मागेका छन् र स्टारमरलाई फोन गरेर जितको लागि बधाई दिएका छन्।

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जितेको थियो। उक्त समय बोरिस जोनसन प्रधानमन्त्री बनेका थिए। उक्त चुनावमा पार्टीले अघिल्लो पटकको तुलनामा ४७ सिट बढी जीत निकालेको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ ।

सुनक उठेको रिचमण्ड र नर्थलर्टनको सिटमा भने जितेका छन् । लेबर पार्टीका प्रधानमन्त्री पदका उम्मेदवार केयर स्टारमरले पनि लन्डनको होलबोर्न र सेन्ट प्यानक्रस सिट जितेका छन्। बेलायतमा जुलाई ४ मा स्थानीयसमयअनुसार बिहान ७ बजेदेखि ४० हजार मतदान केन्द्रमा मतदान सुरु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...