Sunday 18th October 2026

बेलायतमा लेबर पार्टी १४ वर्षपछि अत्याधिक बहुमत सहित सत्ता फर्कियो


बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो।

शुक्रबार सार्वजनिक भएको नतिजामा लेबर पार्टीले बहुमत पार गरेको छ । ६५० सिटमध्ये ४१० भन्दा बढी सिटमा जित निकालि सकेको छ । बेलायतमा सरकार बनाउन ३ सय २६ सिट आवश्यक पर्छ ।

सन् २०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका ऋषि सुनकले भने अहिलेसम्म ९२ सिटमा मात्र जित हात पारेका छन् । सुनकले हार स्वीकार गर्दै पार्टीसँग माफी मागेका छन् र स्टारमरलाई फोन गरेर जितको लागि बधाई दिएका छन्।

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जितेको थियो। उक्त समय बोरिस जोनसन प्रधानमन्त्री बनेका थिए। उक्त चुनावमा पार्टीले अघिल्लो पटकको तुलनामा ४७ सिट बढी जीत निकालेको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ ।

सुनक उठेको रिचमण्ड र नर्थलर्टनको सिटमा भने जितेका छन् । लेबर पार्टीका प्रधानमन्त्री पदका उम्मेदवार केयर स्टारमरले पनि लन्डनको होलबोर्न र सेन्ट प्यानक्रस सिट जितेका छन्। बेलायतमा जुलाई ४ मा स्थानीयसमयअनुसार बिहान ७ बजेदेखि ४० हजार मतदान केन्द्रमा मतदान सुरु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...