Saturday 3rd October 2026

सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने एमालेको तयारी


नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिएको थियो।

तर प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘ राष्ट्रिय सरकार निर्माणका लागि प्रधानमन्त्रीज्यूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न हुन्छ भन्ने विश्वास छ, यदि उहाँले राजीनामा नदिने अवस्था आयो भने आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्री फिर्ता बोलाइन्छ,’ बर्तौलाले डिसी नेपालसँग भने।

उनले आजै साँझसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाए। मंगलबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिएर राष्ट्रिय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

तर प्रधानमन्त्री दाहालले पार्टीको बैठक राखेर राजीनामा नदिने बरु संसद फेस गर्ने निर्णय गराएका थिए। प्रधानमन्त्रीले राजीनामा नदिने थाहा पाएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...