Saturday 17th January 2026

कुवेतमा ३ हजार नेपालीले लिए यात्रा अनुमति पत्र:


राज मल्ल , कुवेत सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए।

मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा सहभागी हुन करिब ३ हजार नेपालीले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएको नेपाली राजदूतावास कुवेतका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिएका छन्।

अनुमति पत्र लिने सबैले कुवेत छोडेको यकिन विवरण कुवेत आप्रवासनसँग रहेको हुँदा यसै भन्न नसकिए पनि प्रायः स्वदेश गएको जानकारी प्राप्त भएको छ।

एम्नेस्टी जारी भएको मितिभन्दा पछि स्पोन्सरको घर छोड्ने तथा कम्पनिबाट भाग्नेहरू जटिल समस्यामा परेका छन्। कुवेतले एम्नेस्टीमा मार्च १७ भन्दा पहिला गैरकानूनी भएकाहरूले मात्र सहभागिता जनाउन सक्ने प्रावधान बनाएको थियो। तर सही सूचना बिना इलिगल हुदा धेरै नेपाली समस्यामा परेका छन्।

कुवेत सरकारले जारी गरेको एम्नेस्टी रिपोर्ट अनुसार ३५ हजार आप्रवासीहरूले अवसरको सदुपयोग गरेका छन् भने अझै ८५ हजार गैरकानूनी रूपमै रहेको जनाएको छ।

कुवेतले जुन १ देखि गैरकानूनी रूपमा बसोबास गर्ने तथा कानुनको पालना नगर्नेहरूलाई लक्षित गर्दै धरपकट सुरु गरेको छ भने पक्राउ पर्नेहरूलाई सदाका लागि डिपोर्ट गर्ने भएको छ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...