Saturday 28th March 2026

तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन, १२ जुलाईमा हुने अधिवेशनको तयारी


कुवेत – तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन भएको छ । समाजको आज बसेको बैठकले नाम परिवर्तन गरी तनहुँ सेवा समाज कुवेत राखेको छ । यसभन्दा अगाडी समाजको नाम तनहुँ सम्पर्क समाज कुवेत थियो

समाजले आगामी १२ जुलाईमा हुने तेश्रो अधिवेशन तथा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रमको तयारी तीव्र पारेको छ । तनहुँका विभिन्न ठाउबाट कुवेत आएर कर्मथलो बनाईरहेका तनहुँङेहरुको हरेक समस्या समाधान गर्ने साथै नेपालमा कृषीमा लगानीलाई प्राथमिकता दिने हुतुले समाजको स्थापना भएको जनाउदै सामाजले पुराना र नयाँ कार्यसमिती सबैलाई समाबेश गर्ने राजेन्द्र रसाईली बिरहीले बताएका छन ।

कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना र रामायण वाचन साथै मगर समुदायको कौडा नाचको प्रस्तुति सहित तेश्रो अधिवेशन र विविध सांस्कृतिक कार्यक्रम कुवेतस्थित फर्वानियामा रहेको सेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा दिनको ठिक १२ बजेदेखी गर्ने जनाएको छ ।

उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र तनहुँबाट कुवेतमा आई कार्यरत रहेका तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत कार्यक्रम संयोजक सोम खत्रीले अनुरोध गरेका छन ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...