Sunday 16th August 2026

नेतान्याहुले विघटन गरे “युध्द मन्त्रिपरिषद”


इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय युद्ध मन्त्रिपरिषद विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले युध्द मन्त्रिपरिषद विघटन गरेका हुन् ।

गान्ट्जले युद्धपछिको गाजाबारे के हुने भन्नेबारे प्रधानमन्त्री नेतान्याहुसँग जवाफ मागिरहेका थिए । ठोस कार्ययोजना नभएको भन्दै उनीहरुले मन्त्रिपरिषद छोडेका थिए । गान्ट्जकै अनुरोधमा युध्द मन्त्रिपरिषद गठन भएकोले उनले छोड्ने बित्तिकै मन्त्रिपरिषदको आवश्यकता नभएको भन्दै नेतान्याहुले मन्त्रिपरिषद विघटन गरेका हुन् ।

इजरायल–हमास युद्ध सुरु भएको पाँच दिनपछि ११ अक्टोबर २०२३ मा इजरायलमा वार क्याबिनेट गठन भएको थियो । विपक्षी नेसनल युनिटी पार्टी प्रधानमन्त्री नेतान्याहुको नेतृत्वमा सरकारमा सामेल भएको थियो । यसले युद्धबारे छलफल र निर्णयहरूमा भूमिका खेल्थ्यो । गत वर्ष सुरु भएको प्यालेस्टाइनको हमास र इजरायलबीचको युद्धमा परी हालसम्म ३७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

-बीबीसी बाट
https://www.bbc.com/news/articles/ce99m0n99z0o


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...