Thursday 22nd October 2026

नेतान्याहुले विघटन गरे “युध्द मन्त्रिपरिषद”


इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय युद्ध मन्त्रिपरिषद विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले युध्द मन्त्रिपरिषद विघटन गरेका हुन् ।

गान्ट्जले युद्धपछिको गाजाबारे के हुने भन्नेबारे प्रधानमन्त्री नेतान्याहुसँग जवाफ मागिरहेका थिए । ठोस कार्ययोजना नभएको भन्दै उनीहरुले मन्त्रिपरिषद छोडेका थिए । गान्ट्जकै अनुरोधमा युध्द मन्त्रिपरिषद गठन भएकोले उनले छोड्ने बित्तिकै मन्त्रिपरिषदको आवश्यकता नभएको भन्दै नेतान्याहुले मन्त्रिपरिषद विघटन गरेका हुन् ।

इजरायल–हमास युद्ध सुरु भएको पाँच दिनपछि ११ अक्टोबर २०२३ मा इजरायलमा वार क्याबिनेट गठन भएको थियो । विपक्षी नेसनल युनिटी पार्टी प्रधानमन्त्री नेतान्याहुको नेतृत्वमा सरकारमा सामेल भएको थियो । यसले युद्धबारे छलफल र निर्णयहरूमा भूमिका खेल्थ्यो । गत वर्ष सुरु भएको प्यालेस्टाइनको हमास र इजरायलबीचको युद्धमा परी हालसम्म ३७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

-बीबीसी बाट
https://www.bbc.com/news/articles/ce99m0n99z0o


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...