Sunday 25th January 2026

सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल खेल्ने


क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ मा सहभागी हुने भएका छन् । सन्दीप वेस्ट इन्डिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको क्यानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

“सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभए पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ” विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...