“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार ”
 विधा :- पञ्चाङ्ग
 अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
 मिति:- २०८१/०२/०७
 …………………………………
 प्रशिक्षक:-
 रामराजा के.सी.
 नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
 सहजकर्ता :-
 (महासचिव)
 रामराजा के. सी.
 प्रेम थापा “मन”
 ======================
 उस्तै शब्दहरू : अभ्यासमा दिएको जस्तो हेरेर मिल्दो ।
 दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
 अक्षर संख्या :- ५ देखि २५ बराबरी
पञ्चाङ्ग १
पोल्टामा बीउ बोकेर कसको बीउ छर्यौ साथी
 उक्लिन्छु भन्दै माथितिर तलतिर झर्यौ साथी
 कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि उखान हाम्रो
 गर्नुपर्ने गर्यौ कि या नगर्नु पर्ने गर्यौ साथी
 अन्न टिप्यौ कि जङ्गली सुकेको घाँस चर्यौ साथी ।
 १
 पहिले जानेनौ पछि मानेनौ ठिक्क पर्यो साथी
 नजाने ठाउँ गई माथि पुगी तल झर्यो साथी
 अर्ती भनेको घर्तीको पनि मान्नु पर्छ रे भन्छन्
 कमाएको इज्जत आफैँले कसरी हर्यो साथी
 अर्को गल्ती नगर्नु अब आजलाई टर्यो साथी ।
 २
 सविता के.सी.
 दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
आज दङ्ग छ दुनियाँ
 भ्रष्ट भङ्ग छ दुनियाँ
 यहाँ नीति बिग्रिएर
 बहूरङ्ग छ दुनियाँ
 अति जङ्ग छ दुनियाँ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ३
लोभ मोह त्यागेर बसाइँ सर्ने तिमी
 चार आर्य सत्यको खोजमा पर्ने तिमी
 सिदार्थ परिवर्तन बुद्ध भनि चिन्छन्
 कष्टकर यात्रा पनि सौम्य तर्ने तिमी
 विश्वभर शान्तिको किरण छर्ने तिमी .
संगीता खरेल
 चन्द्रागिरी ८ काठमाडौँ
पन्चाङ्ग ४
गल्ति लुकाएर एकोहोरो करायौ साथी
 पदमा पुगी भ्रष्टचारमै हरायौ साथी
 शुरुवात गर्न सकेनौ नयाँ बिहानीको
 आफू जस्तै बेइमानी मन परायौ साथी
 दोषीलाई कारबाही गर्न डरायौ साथी ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग ५
कसैको जिन्दगी लामो छ कसैको छोटो होला
 चाहेको जस्तो नहुने भाग्य नै त खोटो होला
 परिवर्तन हुनु सृष्टिको नियम नै त हो
 बुझ्दैन, मान्छेको यो दिमाग कति मोटो होला
 सम्झेर सधैं रुनलाई दिलमै फोटो होला ।
-पशपती राई खोटाङ ।
पन्चाङ्ग ६
हेर आफू अमर सधैँ भइन्न साथी
 उकाली ओरालीमा सधैँ गइन्न साथी
 यो त तालिम केन्द्र हो है सिक्नु धेरैछन्
 शिशु युवा प्रौढ र वृद्ध कहिन्न साथी
 प्रज्ञा माप नगरी पछि नहिन्न साथी ।
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग ७
 पालुवा पलाउन मुश्किल छ
 सुकेको ढलाउन मुश्किल छ
 ज्यान धरापमा परिसक्यो रे
 जिउँदै जलाउन मुश्किल छ
 जिन्दगी चलाउन मुश्किल छ ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
 पनौती-३,काभ्रे
पञ्चाङ्ग ८
दङ्ग छ,  मनको वेदना मनकै करमा ठोकिन्छ
 बेसरी फेरिने श्वास, धड्कनको भरमा ठोकिन्छ
 सकिँदैन विश्राम लिन नै  अनि न तन दिन नै
 कलमको मसी पनि कागजको धरमा ठोकिन्छ
 दायाँबायाँ सोच्न थालेपछि आफ्नै डरमा ठोकिन्छ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ९
मान्छे बाँचुञ्जेल त खाने कुरा खाने हाे
 मरेपछि साथमा कसले के लाने हाे
 जन्मे पछि मरिन्छ सबैलाई थाह छ
 मर्दा जाे काेही पनि खाली हात जाने हाे
 सत्य कुराहरूलाई सबैले माने हाे ।
 १
 साहित्यमा लेख्ने काम निरन्तर गर्नु पर्छ
 नत्र लेखन गर्दा अर्काकाे भर पर्नु पर्छ
 साहित्य भनेकाे कल्पनाकाे आधार हाे
 झर्काे नमानिकन सधैँ यसमा सर्नु पर्छ
 सबभन्दा पहिले मनमा भाव छर्नु पर्छ ।
 २
 नवराज भट्ट
 कञ्चनपुर
पञ्चाङ्ग १०
आयो खाएर गयो
 गीत गाएर गयो
 सौम्य मन मझेरी
 प्रीत लाएर गयो
 जीत पाएर गयो ।
– आर्त अकुलीन
पञ्चाङ्ग ११
अध्ययन अत्यन्त प्रभावी सूत्र हुन्छ
 देशलाई माया गर्ने धर्ती पुत्र हुन्छ
 रहन्छ निन्द्रा मैथुन र भय जीवमा
 पदीय मर्यादामा नभए मुत्र हुन्छ
 स्वधर्मले कर्म गरेमा पवित्र हुन्छ ।
प्रद्युम्न चालिसे
 भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग १२
शान्तिको शिखरमा चुर्लुम्म डुबेर रमाउने ठाउँ
 सामाजिक समृद्धि सूचकको छाल समाउने ठाउँ
 अझ ‘गेलेफु माइन्डफुलनेस सिटी’ सिद्धिएपछि
 भुटान बन्दैछ पर्यटकको भाव जमाउने ठाउँ
 धेरै जमाएको आफ्नो मनको बह थमाउने ठाउँ ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १३
मुठी पछि माना चाहिन्छ
 भाेक टार्न खाना चाहिन्छ
 अमुल्य वस्तु खाेज्दिन म
 अाेत लाग्न छाना चाहिन्छ
 लाज ढाक्न नाना चाहिन्छ ।
सूर्य गिरी-पाेखरा
पञ्चाङ्ग १४
 राम्रो काम सधैँ गर्नु हामीले
 सुख सधैँ अघि सर्नु हामीले
 जिन्दगी साथ भर दिनेको
 चोखो मायामा त पर्नु हामीले
 बोलीमा मिठाेस छर्नु हामीले ।
श्रीकृष्ण धामी – बझाङ
पञ्चाङ्ग १५
बिना योजनाको काम सधैँ निष्फल हुन्छ
 सुकर्म त गरौँ प्रभुको नजर हरपल हुन्छ
 अनुभव बिना काममा हुन् सक्छ हानी
 हरेक क्षण सागरमा प्रशस्तनै जल हुन्छ
 अन्तःकरण शुद्ध भए प्रभुकै बल हुन्छ ।
कार्की डिबी माकुम
 सुनवल-४, नवलपरासी
 
 














