Friday 2nd October 2026

हावाहुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति


जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिन यता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनले बताए । उनले भने, “पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ ।” जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।

सङ्घका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा रु १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले जानकारी दिए।

बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए। जिल्लामा हाल तीन हजार पाँच सय बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । उनका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क आउने केही समय लाग्ने उनले जानकारी दिए। रासस


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...