Monday 17th June 2024

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्यो, हजाराै मानिस पुरिए


पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार गएको ठूलो पहिरोले २००० भन्दा बढी मानिसहरू पुरिएको आशंका गरिएको छ, देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार, उद्धारकर्ताहरूले दुर्गम क्षेत्रमा कुनै पनि जीवित व्यक्तिहरू फेला पार्न संघर्ष गरिरहेका छन् । यसले व्यापक क्षति गरेको छ । पहिरोका कारण भवनहरू, खाद्यान्न बगैंचामा ठूलो क्षति पुर्याएको छ र देशको आर्थिक अबस्थालाइ ठूलो प्रभाव पारेको छ ।

त्यहाँको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालयलाई दिएको जानकारि अनुसार पहिरोमा सिंगै गाउँ नै पुरिएकोले पहिरोमा पुरिनेमा २ हजार भन्दा बढि मानिसहरू भएको अनुमान गरिएको छ ।

त्यतिबेला मानिसहरू घर भित्र सुतिरहेकोले पनि ठुलो सङ्ख्यामा पहिरोमा पुरिएको बताइएको छ । पहिरोले घर र बारी सबै पुरिएको बताइएको छ । पोर्गेरा खानीमा जाने मुख्य राजमार्ग पनि पूरै बन्द भएको छ । पहाडबाट अलि अलि गर्दै माटो खस्ने क्रम जारी रहेकोले उद्धार कार्यमा वाधा उत्पन्न भएको छ । यसले उद्धारकर्मीहरूको ज्यान पनि धरापमा परेको बताइएको छ ।

पहिरो के कारणले गएको हो एकिन भइसकेको छैन तर पपुवा न्यु गिनी एक टापु राष्ट्र भएको र त्यहाँ धेरै वर्षा भएको कारण पहिरो गएको अनुमान गरिएको छ । त्यहाँको जनसंख्या करिब डेढ करोडको हाराहारीमा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...