Monday 28th September 2026

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्यो, हजाराै मानिस पुरिए


पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार गएको ठूलो पहिरोले २००० भन्दा बढी मानिसहरू पुरिएको आशंका गरिएको छ, देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार, उद्धारकर्ताहरूले दुर्गम क्षेत्रमा कुनै पनि जीवित व्यक्तिहरू फेला पार्न संघर्ष गरिरहेका छन् । यसले व्यापक क्षति गरेको छ । पहिरोका कारण भवनहरू, खाद्यान्न बगैंचामा ठूलो क्षति पुर्याएको छ र देशको आर्थिक अबस्थालाइ ठूलो प्रभाव पारेको छ ।

त्यहाँको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालयलाई दिएको जानकारि अनुसार पहिरोमा सिंगै गाउँ नै पुरिएकोले पहिरोमा पुरिनेमा २ हजार भन्दा बढि मानिसहरू भएको अनुमान गरिएको छ ।

त्यतिबेला मानिसहरू घर भित्र सुतिरहेकोले पनि ठुलो सङ्ख्यामा पहिरोमा पुरिएको बताइएको छ । पहिरोले घर र बारी सबै पुरिएको बताइएको छ । पोर्गेरा खानीमा जाने मुख्य राजमार्ग पनि पूरै बन्द भएको छ । पहाडबाट अलि अलि गर्दै माटो खस्ने क्रम जारी रहेकोले उद्धार कार्यमा वाधा उत्पन्न भएको छ । यसले उद्धारकर्मीहरूको ज्यान पनि धरापमा परेको बताइएको छ ।

पहिरो के कारणले गएको हो एकिन भइसकेको छैन तर पपुवा न्यु गिनी एक टापु राष्ट्र भएको र त्यहाँ धेरै वर्षा भएको कारण पहिरो गएको अनुमान गरिएको छ । त्यहाँको जनसंख्या करिब डेढ करोडको हाराहारीमा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...