Monday 24th February 2025

वेस्ट इण्डिज ‘ए’ विरुद्ध नेपालको ‘ऐतिहासिक’ जित, रोहितको शतकीय इनिङ


कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टी२० करिअरको पहिलो शतक थियो ।

नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिँएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक एक रन दिएका थिए । तेस्रो बलमा गुलशनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिँएको थियो । अर्को बलमा चौका हान्दै खेल जिताए । गुलशन ९ र प्रतिश ५ रनमा नट आउट रहे ।

ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेस्टइन्डिज ए का कप्तान रोश्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चाल्र्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।

केसी कार्टी २६ बला २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे ।
नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।


सम्बन्धित शीर्षकहरु

चुम्बकीय उत्तरी ध्रुव आधिकारिक रूपमा क्यानडाबाट टाढा र साइबेरियातिर आफ्नो गतिशीलता जारी राख्दै आफ्नो स्थान परिवर्तन गरेको छ। यस घटनाले…

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले संगमको पानी दूषित भएको रिपोर्टलाई अस्वीकार गरेका छन् । फेब्रुअरी 19 मा, सीएम योगीले केन्द्रीय…

प्रतिकृयाहरू
...