Wednesday 1st May 2024

भारतमा पहिलो चरणको चुनाव आज हुने


विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ ।

पहिलो चरणमा २१ राज्यको १ सय २ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो । उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रधदेशको ६, राजस्थानको १२, उत्तराखंडको सबै ५ सिटका लागि मतदान हुनेछ । त्यस्तै, पश्चिम बंगालको ३, असमको ४, मेघालयको २, अरुणाचलको २ ,छत्तीसगढको १ महाराष्ट्रको ५, तमिलनाडुको ३९, मिजोरमको १, नागालैंडको १, सिक्किमको १ र त्रिपुराको १ सिटमा मतदान हुँदैछ ।

पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल, मेघालय, अंडमान निकोबार द्विप, मेघालय, मिजोरम, नागालैंड, पड्डुचेरी र सिक्कमको सबै निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ ।

नेपालसँग सिमा जोडिएको उत्तराखण्डको अलमोडा र नैनिताल, त्यस्तै उत्तरप्रदेशको पिलिभित निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...