Tuesday 1st September 2026

स्वीडेनको संसदद्वारा लिङ्ग परिवर्तन सम्बन्धी कानुन पारित


स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो। ६ घन्टा लामो बहस पछि २३४ जना सांसदले उक्त कानूनको पक्षमा मतदान गरेका थिए भने ९४ जनाले विपक्षमा मतदान गरेका थिए। २४ जना सांसद भने अनुपस्थित थिए।

कानून अनुसार अब १६ वर्षमै लिङ्ग परिवर्तन गर्न पाउने छन् तर त्यसका लागि अभिभावक, डाक्टर र नेशनल बोर्ड अफ हेल्थ एन्ड वेलफेरसँग अनुमति लिनु पर्नेछ।

यसअघि डेनमार्क, नर्वे, फिनल्यान्ड र स्पेनमा लिङ्ग परिवर्तन सम्बन्धी कानून लागू भइसकेको छ भने जर्मनीले गत शुक्रवार यस्तै मिल्दोजुल्दो कानून पारित गरेको छ।


सम्बन्धित शीर्षकहरु

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

प्रतिकृयाहरू
...