Tuesday 10th March 2026

जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प


दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन।

युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको गएको बताएको छ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘कृपया भूकम्पको झट्का बलियो भएका क्षेत्रहरूमा नजानुहोस्, भूकम्पका कारण सुनामीको कुनै खतरा छैन।’

करिब १२ करोड ५० लाख जनसङ्ख्या भएको जापानमा हरेक वर्ष करिब एक हजार पाँच सय भूकम्पको झट्का महसुस हुन्छ। अधिकांश भूकम्प साना हुन्छन् र ठूलो भूकम्पले पनि सामान्यतया थोरै क्षति पुर्‍याउँछ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...