Tuesday 10th March 2026

बाढीका कारण पाकिस्तान, अफगानिस्तान तथा ओमानमा गरि सयाैं जनाको मृत्यु


चट्याङ र भारी वर्षाका कारण पाकिस्तान, अफगानिस्तान र ओमानमा गरि सयौंको मृत्यु भएको छ । पाकिस्तानमा भारी वर्षा र चट्याङमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा धेरैको मृत्यु भएको बताइएको छ। त्यहाँ विगत तीन दिनमा भारी वर्षा र चट्याङमा परी कम्तीमा ५० जनाको मृत्यु भएपछि आपतकालीन स्थितिको घोषणा गरिएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (NDMA) ले आपतकालीन सेवाहरूलाई गम्भीर मौसम अवस्थाको पूर्वानुमानको बीचमा सतर्क रहन आग्रह गरेको छ।

सबैभन्दा बढी पानी परेको पञ्जाव प्रान्तमा मात्रै २१ जनाको मृत्यु भएको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यसै गरि फगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा पनि २१ जनाको मृत्यु भएको जनाइएको छ । मुसलधारे वर्षाका असर राजधानी इस्लामावादमा पनि परेको छ भने दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा ७ जनाको मृत्यु भएको छ । उत्तरपश्चिमी सहर पेशावर र बलुचिस्तानको राजधानी क्वेटाको सडकमा बाढी आएको छ ।

उता अफगानिस्तानमा पनि वर्षाका कारण ५० बढिको मृत्यु भएको जनाइएको छ । शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ । त्यहाँ धेरै घरहरू भत्किएर मानिसहरूको मृत्यु भएको जनाइएको छ । ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ ।

त्यसै गरि वर्षाका कारण ओमानमा १८ जनाको मृत्यु भएको छ भने अझै धेरै वेपत्ता हुनेहरू छन् । युएइमा पनि मुसलधारे वर्षाका कारण सडकहरूमा बाढी अाउँदा जनजिवन अस्तव्यस्त भएको छ । बाढीका कारण युएइमा अन्तर्राष्ट्रिय उडानहरू समेत प्रभावित भएका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...