Tuesday 16th December 2025

पाकिस्तानको बलुचिस्तान प्रान्तमा ट्रक दुर्घटना हुँदा १७ को मृत्यु ३५ घाइते


पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

चालकले गाडीको नियन्त्रण गुमाउँदा बुधबार राति धार्मिक तीर्थयात्री बोकेको ट्रक जिल्लाको गुलाम हुसेन चट्टा क्षेत्रमा खाल्डोमा खस्दा उक्त दुर्घटना भएको हो । उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर घाइतेहरूलाइ स्थानीय अस्पतालमा लगेका थिए भने उनीहरूलाई थप उपचारको लागि कराँची लगिएको छ ।

तीर्थयात्रीहरू दक्षिणी सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलुचिस्तानको खुजदार जिल्लामा रहेको एउटा तीर्थस्थलमा जान लागेका थिए ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...