Monday 29th April 2024

मस्कलाई पछि पार्दै जुकरबर्ग भने विश्वको तेस्रो धनी व्यक्ति, शीर्ष १० मा अटाएनन् कुनै पनि भारतीय धनाढ्य


फेसबुकको माउ कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्गले धनको मामिलामा टेस्लाका मालिक एलन मस्कलाई पछि पारेका छन् । जुकरबर्ग मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । जुकरबर्गले सन् २०२० पछि यो स्थान हासिल गरेका हुन् ।
ब्लुमबर्ग बिलिनियर्स सूचीका अनुसार एलन मस्क १८१ बिलियन डलर नेटवर्थका साथ विश्वको धनाढ्यको सूचीको चौथो स्थानमा झरेका छन् । मार्च महिनाको सुरुवातमा मस्क पहिलो स्थानमा थिए ।

मार्क जुकरवर्गको सम्पत्ति भने १८७ बिलियन डलर पुगेको छ ।

यो वर्ष एलन मस्कको सम्पत्तिमा ४८.४ बिलियन डलरको गिरावट आईसकेको छ । उता जुकरबर्गको सम्पत्ति भने ५८.९ बिलियन डलरले वृद्धि भएको छ ।

हालै मात्रै टेस्लाले कम मूल्य भएका कार ल्याउने योजना रद्द गरेको जनाएको थियो । जसपश्चात कम्पनीको सेयरमूल्यमा गिरावट देखिएको छ । यस्तै यो वर्षको पहिलो ३ महिनामा टेस्लाको कार डेलिभरीमा पनि गिरावट आएको खबर बाहिरिएको थियो । जसपश्चात कम्पनीको सेयरमूल्य घट्न पुगेको छ ।
यो वर्ष टेस्लाको सेयरमूल्यमा ३३.६२ प्रतिशतको गिरावट आईसकेको छ । अमेरिकी सेयर बजार एसएण्ड पी ५०० इन्डेक्समा यो वर्ष सबैभन्दा खराब प्रदर्शन गर्नेमा टेस्ला अग्र स्थानमा रहेको छ ।

टेस्लाको विपरित मेटाको सेयरमूल्यमा यस वर्ष ५२.२८ प्रतिशतको उछाल आएको छ । एसएण्ड पी ५०० इन्डेक्समा यो वर्ष सबैभन्दा राम्रो प्रदर्शन गर्नेमा मेटा ५ औं स्थानमा छ ।

यो सूचीको शीर्ष १० मा भारतका कुनै पनि धनाढ्य अटाउन सकेका छैनन् । रियालयन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वको धनाढ्यको सूचीमा ११ औं स्थानमा झरेका छन् । उनको कुल सम्पत्ति ११२ बिलियन डलर छ ।

त्यस्तै अर्का भारतीय धनाढ्य गौतम अडाणी सूचीको १४ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १०४ बिलियन डलरबराबर छ ।

विश्वको धनाढ्यको पहिलो स्थानमा भने बनार्ड अर्नल्ड छन् ।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...