Saturday 17th January 2026

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु


एजेन्सि- टर्किको एक नाइट क्लबमा आगलागीहुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो ।

टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिसहरू गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द रहेको र मर्मत कार्य चलिरहेकाले मृत्यु हुनेमा सबै मजदुरहरु रहेको आशंका गरिएको छ । आगो बेसमेन्टको माथिल्लो तलामा पुग्दा त्यहाँ बस्ने केही मानिसहरुको पनि मृत्यु भएको बताइएको छ ।

त्यहाँका गभर्नर दावुत गुलले दुर्घटनालाई षड्यन्त्रको रुपमा आफूले लिएको बताएका छन् । उनले प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन पनि भनेका छन् । घटनाबारे अनुसन्धानका लागि नाइट क्लबका सञ्चालकसहित ५ जनालाई पक्राउ पनि गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...