Wednesday 11th March 2026

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु


एजेन्सि- टर्किको एक नाइट क्लबमा आगलागीहुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो ।

टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिसहरू गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द रहेको र मर्मत कार्य चलिरहेकाले मृत्यु हुनेमा सबै मजदुरहरु रहेको आशंका गरिएको छ । आगो बेसमेन्टको माथिल्लो तलामा पुग्दा त्यहाँ बस्ने केही मानिसहरुको पनि मृत्यु भएको बताइएको छ ।

त्यहाँका गभर्नर दावुत गुलले दुर्घटनालाई षड्यन्त्रको रुपमा आफूले लिएको बताएका छन् । उनले प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन पनि भनेका छन् । घटनाबारे अनुसन्धानका लागि नाइट क्लबका सञ्चालकसहित ५ जनालाई पक्राउ पनि गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...