Wednesday 11th March 2026

इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय


नेकपा (एमाले) ले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले आगामी वैशाख १५ गते हुने संसदीय उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, “इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।”

यस्तै बझाङ प्रदेशसभा (१) मा नेता दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सुहाङ गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन् । पार्टीको जिल्ला कार्यसमितिले सुहाङको सहित अन्य ५ जनाको नाम सिफारिस गरेको थियो । तर, पार्टी केन्द्रले सुहाङको नाममा निर्णय गरेको हो ।

संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङ हृदयघातका कारण गत भदौ २६ गते बिते । त्यसपछि रिक्त उक्त क्षेत्रमा वैशाख १५ मा निर्वाचन हुँदैछ ।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...