Sunday 28th April 2024

बागलुङमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो


मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबाहक बस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७ जना र उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ । प्रहरीले मृतक ३ महिला र ५ पुरुष रहेको जनाएको छ भने उनीहरुको नाम ठेगाना भने खुलाइएको छैन ।

रुकुम पश्चिमबाट सोमबार बिहान साँढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रुबाहक बस साँझ ५ बजेर २० मिनेटमा उक्त स्थानमा दुर्घटनामा परेको थियो । उक्त बस सडकदेखि १ सय ५० मिटर तल भिरको खोंचमा खसेकोले उद्दारमा समेत कठिनाइ भएको थियो ।

घाइतेहरू अधिकांश गम्भीर घाइते भएकोले राती नै पोखरा पुर्‍याउने काम सुरु भइसकेको छ । उद्दारका लागि सदरमुकाम बागलुङबाट एम्बुलेन्स, प्रहरी र सेनाका गाडी बुर्तिवाङ गएका छन् ।


सम्बन्धित शीर्षकहरु

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

प्रतिकृयाहरू
...