Sunday 28th April 2024

पाकिस्तानमा असिफ अलि जर्दारी दोश्रो पटक राष्ट्रपति पदमा निर्वाचित


पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जर्दारी निर्वाचित भएका छन् । उनले सोमबार पाकिस्तानको १४औँ राष्ट्रपतिको रूपमा शपथग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उनले शपथग्रहण गरेका हुन् ।

जर्दारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको पाकिस्तानी निर्वाचन आयोगले जनाएको छ । जर्दारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरेका थिए ।

पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त भए । जर्दारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उम्मेदवार महमूद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जर्दारीले निःवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनेछन् ।

२००८ देखि २०१३ सम्म देशको ११ औं राष्ट्रपतिको रूपमा सेवा गरेपछि जर्दारीको राष्ट्रपतिको रूपमा यो दोस्रो कार्यकाल हुनेछ । जर्दारी ८ फेब्रुअरी, २०२४ मा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । यद्यपि देशको राष्ट्रपतिको रूपमा शपथ लिनुअघि उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ । जर्दारी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान् हुन् ।


सम्बन्धित शीर्षकहरु

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

प्रतिकृयाहरू
...