Thursday 19th September 2024

चित्रमा पञ्चाङ्ग, भाग: १००


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/११/०९
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

ठुलाले सानालाई खाने नियम छ
कसको भोकमा को जाने नियम छ
प्रकृतिमा सङ्घर्ष गर्न सक्ने बाँच्ला
एकले अर्कोलाई लाने निमय छ
भोकमा आहार चाहाने नियम छ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

नसक्नेले सक्नेलाई मान्नुपर्छ अरे
भोकाउदाको आहारा ठान्नुपर्छ अरे
प्रकृतिको नियम नै यस्तै रैछ यहाँ
बरू कस्को लागि हुने छान्नुपर्छ अरे
सही बाटो आफूले नै जान्नुपर्छ अरे ।
घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ३
ठुलाले सानालाई खाने दाउ छ
बलियोले कमजोर कजाउ छ
सृष्टिसँगै अन्त्यष्ठिको भागदौड
पाइला पाइला मृत्युको घाउ छ
होडबाजी मर्ने मार्ने दबाउ छ ।

संगीता खरेल
काठमाडौँ

पञ्चाङ्ग ४

माया ममता हराएपछि साना ठुलामा भेदभाव हुन्छ नै
जति ठुलो हुँदै जान्छ खन्जरको त्यो चोटले मन त छुन्छ नै
कति स्वार्थी हुन्छन् आफ्नो पेट भर्न पनिअरुको सहारा लिने
जिन्दगी को भवसागर तर्न नि आफैले बाटो सधै चुन्छ नै
कोही साथमा नहुदा पनि एक्लै लडिरहेको योद्धा रुन्छ नै ।

अम्बिका अधिकारी
झापा बिर्तामोड

पञ्चाङ्ग ५

ठुलाले सानालाई खान्छन् संसारा सारा यस्तै छ
माछालाई खाने मगरमच्छको पारा यस्तै छ
भनिन्छ सबै भन्दा सचेत प्रराणी मानिस हो
मानिस कै पनि त मङ्गसको आहारा यस्तै छ
प्रकृती र समाजमा सबैको गुजारा यस्तै छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ६

ठुलाले सानोलाई खाने चलन चलेकै छ
आगो नबाले पनि आँशु झार्दै बलेकै छ
समुन्द्रमा माछाको माछा नै आहार हुन्छ
खाएपछि ती सबै पेटमा गै गलेकै छ
समुन्द्री संसार हेर धपक्क जलेकै छ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग ७

माछाले भोक लागेपछि आफ्नै बच्चालाई खान्छ हेर
माकुराले त फूल बोक्दा बोक्दै आफ्नै प्राण जान्छ हेर
संसारको रिति जे नहुनुपर्ने जस्तो लाग्छ त्यो हुने
आफ्नो जीवनको कर्मलेखा, प्रकृति त्यतै लान्छ हेर
पापी मान्छे गरिबको सम्पति आफैँतिर तान्छ हेर ॥

मान्छेले मान्छे खाईसक्यो थाहा छैन
छानी छानी बिताईसक्यो थाहा छैन
के गर्छौ माछाले माछा खाएको कुरा
चाँजोपाँजो मिलाईसक्यो थाहा छैन
धर्मकर्म हराईसक्यो थाहा छैन ॥

माछाले खायो भन्दैमा मान्छेले मान्छे नखानु है
धर्म पापको कुरा छ कुकर्मतिर नजानु है
लेख्ने बोल्ने कुरामा सधैँ असल सन्देश जावस्
खराब कर्मतर्फ कतै आफ्नो बुद्धि नलानु है
कलियुग भनेर सबै कुरा सत्य नमानु है ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ८

भष्टाचारीले मुख बाएको छ
सोझा जनतालाई खाएको छ
प्रजाले बिश्वास गरेकै हो नि
ढुकुटी भर्नलाई धाएको छ
भरी भएर पख्नै लाएको छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

समानताको नारा त ठुलाले पनि राम्ररी गाइदिन्छ नि
बोलीमा नै रस हालेर मिठा-मिठा कुरा चटाइदिन्छ नि
मानवअधिकारको अन्तर्राष्ट्रिय अदालत बनाएर
हितैषी बनि नीति नियम पनि उसैले बनाइदिन्छ नि
आखिर बनाएको नियम उसैले सर्लक्क खाइदिन्छ नि ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०

ठुलाकै छ दबदबा सानाहरू मर्ने सधैँ
रुवाएर अरूलाई आफ्नो पेट भर्ने सधैँ
प्रकृतिको देन भनूँ या त यस्तै नियत हो
हाँसो खुसी अबलाको सबलले हर्ने सधैँ
यो धर्तीमा सजीवले किन यस्तो गर्ने सधैँ ?

चन्द्रावती अधिकारी
कोहलपुर बाँके

पञ्चाङ्ग ११

ठूलो माछाले सानो माछालाई खाने गर्छ
यत्तिकैमा सानाको प्राण यहाँ जाने गर्छ
बाँच्न त सबैले पाउनु पर्ने नै हो तर
प्रकृति अनौँठो ठुलोले ज्यान लाने गर्छ
हरेक स्वार्थी भै चिजको आफ्नै माने गर्छ ।

तेजप्रसाद खनाल दाङ ।

पञ्चाङ्ग १२

मधुर घाममा र्याल चुहाउनेले दमन गर्छ
अर्कैको नाममा र्याल चुहाउनेले दमन गर्छ
ठूलाको भय थाम्न नसक्दा,सानाले गुहार माग्दा
भेदक साममा र्याल चुहाउनेले दमन गर्छ
बेतुक काममा र्याल चुहाउनेले दमन गर्छ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

बलियोले निर्धोलाई मार्छन् भन्छन्
निर्धाले बलियासँग हार्छन् भन्छन्
ठुलो माछाले सानोलाई खाने हो
सानालाई अप्ठेरामा पार्छन् भन्छन्
खाएर भुँडी अगाडि सार्छन् भन्छन् ।

नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग १४

शत्रुले नै प्रत्येक शिखर छुन सक्छ
आँसु धाराले सारा जीवन धुन सक्छ
हिँड्दा आज समयमै याद गर साथी
हरेक पाइलामा खतरा हुन सक्छ
बाटो बिराए जिन्दगीभर रुन सक्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १५

ठूलाले सानालाई आहारा बनाउँछन् यहाँ
आफू नमर्ने जसरी रिस खनाउँछन् यहाँ
प्रकृतिको नियम नै कस्तो अनौठो पाराको
तथ्यकुरा हैन देखावटी जनाउँछन् यहाँ
झुट पनि सत्य सँगसँगै मनाउँछन् यहाँ ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १६

सानाको सुख हर्ने गर्छन्
जितको हाँसो छर्ने गर्छन्
चिल्ला कुरामा भर गरि
हुने तिर नै सर्ने गर्छन्
फेरि भरोसा गर्ने गर्छन् ।

सीमा कार्की समर्पण
पर्सा

पञ्चाङ्ग १७

साना ठुला सादृश्य भनेर उद्घोष लगाइदिन्छ आफैँ
बिस्तारै त्यो उद्घोषबाट ‘साना’ शब्द भगाइदिन्छ आफैँ
सम्मान अधिकारको गुप्तचर ढङ्गले प्रयोग गर्दै
समानता हटाएपछि सानालाई ठगाइदिन्छ आफैँ
अनि बल्ल बराबरको स्थितिलाई बगाइदिन्छ आफैँ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १८

ईश्वरको सृष्टि अथाह छ सबैकाे व्यवस्था गरेको छ
सन्ततिको जीवन रक्षार्थ आहार व्यवस्था गरेको छ
कत्रो कालिगडी छ ईश्वरको जीव अङ्गप्रत्यङ्ग रचे
हजुर सृष्टिको तमामलाई छुट्टै व्यवस्था गरेको छ
समाजको संरचना हेर असल व्यवस्था गरेको छ ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग १९

सानालाई ठूलाले हेप्ने गर्दछन्
सानाले किन त्यो खेप्ने गर्दछन्
संघर्षशील हुन सकिएन किन
निमुखालाई कालो छेप्ने गर्दछन्
बलियाले पाएसम्म चेप्ने गर्दछन् ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग २०
साना बच्चा ठुलासँग झुक्न बाध्य हुन्छौँ
केही गल्ती गरेपछी लुक्न बाध्य हुन्छौँ
बच्चा हरुको कुरा ठुलाले नसुन्दा त
हामी मृत्यु को मुखमा पुग्न बाध्य हुन्छौँ
हुर्कीएको बोट पनी सुग्न बाध्य हुन्छौँ ।

सुस्मा, मगर
ठेगाना, सुन्छहरी ५जैमा रोल्पा

पञ्चाङ्ग २१

गोहीले सधै माछा खाने नीति छ
माछाले दुलो भित्र जाने नीति छ
आहार सबै लाई चाहिन्छ भने
साथमा मुटु सबै लाने नीति छ
गाेहीले माछा सधै छाने नीति छ !

श्री कृष्ण धामी – बझाङ

पञ्चाङ्ग २२

यहँ धर्म छैन कुनै प्राणीमा पाप बरेको छ
दिनदीनै ठूलाले सानालाई खाने गरेको छ
अचम्मको लेखीएछ यो प्रकृतिको हित पनि
कतैको ओठमा हाँसो कतिको आँसु झरेको छ
कोपिलाहरु फुल्न नपाउँदै बोट मरेको छ ।

Manoj Rana सल्यान


सम्बन्धित शीर्षकहरु

रातभर सुरु गरिएको युक्रेनी ड्रोन आक्रमणले पश्चिमी रूसी क्षेत्र Tver मा एक हतियार भण्डार नष्ट गरेको भनेको छ । युक्रेनको…

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धका लागि आफ्नो लक्ष्यमा लेबनानी सीमा नजिकका क्षेत्रहरूबाट भागेका इजरायलीहरूलाई आफ्नो घर फर्कन सक्षम पार्ने…

ईजरायलको प्राविधिक ज्ञानको उचाईका कारण हजबुल्लाहको सञ्चार उपकरण विस्पोट भएको हुन सक्ने अनुमान गरिएको छ तर ईजरायलले यसमा कुनै प्रतिक्रिया…

प्रतिकृयाहरू
...