Thursday 15th January 2026

बार र पर्सामा पुनः धार्मिक दङ्गा -प्रशासनद्धारा कर्फ्यु


नेपालको भारतीय सीमाना जोडिएको वीरगन्जमा सोमबार साँझ ५ बजेदेखि कर्फ्यु लगाइएको छ । दुई धार्मिक समूहबीच उत्पन्न तनावका कारण यो कर्फ्यू लगाइएको हो ।

पर्साका जिल्ला अधिकारी दिनेशसागर भुसालले जारी गरेको आदेशअनुसार सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको हो । उक्त आदेश अनुसार अर्को आदेश नभएसम्म भीड जम्मा गर्ने, विरोध प्रदर्शन गर्ने, बाहिर घुम्ने जस्ता गतिविधि गर्न पाइने छैन । यसअघि पर्साको छिमेकी जिल्ला रौतहटको मोतीपुरमा बसन्तपञ्चमी पर्वमा मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएपछि त्यहाँ विगत पाँच दिनदेखि कर्फ्यु जारी छ । यो तनाव वीरगन्जसम्म पनि फैलिएको स्थानीय प्रशासनले जनाएको छ । सोमबार दिउँसो प्रदर्शनकारीले बजार बन्द गरेपछि प्रहरीसँग झडप भएको थियो ।

प्रदर्शनकारीले पहिले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले भीडलाई तितरबितर गर्न १० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । रौतहटमा अहिले अवस्था सामान्य बन्दै गएको स्थानीय प्रशासनले दावी गरेको छ । रौतहट जिल्ला प्रशासनका सूचना अधिकारी मणिभूषण शाहले अवस्था सामान्य भए पनि दुई पक्षबीच झडप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सावधानीका रुपमा कर्फ्यु जारी राखिएको बताए ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...