Tuesday 8th September 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७४ औं श्रृंखला मुक्तक विशेष काव्य गोष्ठीको रुपमा सम्पन्न


नारायण कोइराला – चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७४ औं श्रृंखला मुक्तक विशेष काव्य गोष्ठीको रुपमा यहि मिति २०८०।११/२ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार डा.रत्नमणी नेपाल ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै नेपालले आज धेरै पछि गुणस्तरिय जमघटमा करुणा,प्रेमले भरिपूर्ण बहु आयामिक विषय समेटिएको रचना सुनेर यो समय उर्जनशिल,उत्पादनशिल भई मनस्थिति पनि शान्त भयो ।हाम्रै अनुभूति र भोगाईका पनि मुक्तक हॅुदारहेछन् ।मेरो बुझाईमा मुक्तक शिकारुहरुले लेख्ने भन्ने थियो तर होइन रहेछ मुक्तक पनि कविताको ध्वनि जत्तिकै शक्तिशाली हुने रहेछ आज महसुस गर्न पाएॅ भन्नु हुदै जसरी दनार्दन धड्कनले नेपाली माटोमै खोरिया पर्वतन गर्नु भयो त्यसै गरि प्रणय दिवस पनि हाम्रै परम्पराबाट खोजि गरेर मनाउनु राम्रो हुन्छ भन्नु भयो ।कृष्ण र राधाको प्रेम , शिव भगवानले सतिदेवीको मृत शरीर बोकेर अॅंग अॅंग पतन भएर समाप्त हुन्जेल सम्म लिएको प्रेम भ्यालाईन्टान डेको भन्दा कमी छ र? हामी सस्कृति कर्मी हौं सस्कृति भित्रकै खोज गरी लागु गरौं भन्नु हुॅदै चन्द्रागिरि साहित्यको कार्यक्रमलाई शुभकामना दिनु भयो ।

बरिष्ठ साहित्यकार कलानिधि दाहाल,जगदीश्वर पोखरेलले चन्द्रागिरि साहित्यको प्रविधि मैत्री कार्यक्रम अन्तराष्ट्रिय बनेको छ १७४ औं श्रृङ्खला सम्म पुग्नुमा साच्चै साहित्यको सेवा हो भन्नु हुॅदै शुभकामना दिनु भई रचना सुनाउनु भयो।

बरिष्ठ साहित्यकार गंगा लिगलले जीवन सुन्दर फूल सॅगै तुलना गर्नु हुॅदै साहित्यको उचाई सगरमाथा जस्तै तुलना गर्नु भई कविता सुनाउनु भयो ।

चुडा निर्भिकको सफल उद्धघोषणमा भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु लक्ष्मी प्रसाद मिश्र,शुरेश घिमिरे,तेज प्रसाद खनाल,उत्तम भेटवाल,टेक प्रसाद खनाल,भगवती दवाडी,घनश्याम पौडेल,झविकला खरेल(मूना) कल्पना दाहाल,अम्बीका अधिकारी,लगायत १६ जनाले आ-आफ्नो रचना मुक्तक वाचन गर्नु भयो ।

खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया लोक छन्द हो शीर्षक दिएर धेरै खोरिया लामो कविता जस्तै पनि लेख्न सकिन्छ भन्दै खोरिया विभिन्न भाकामा प्रस्तुत गर्नु हुदै तीन मुक्तक वाचनका गरी प्रमुख अतिथि रत्नमणी नेपाल लगायत सम्पूर्ण साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...