Saturday 5th July 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः स्वर्ग जस्तै सुन्दर…


स्वर्ग जस्तै सुन्दर लाग्छ मेरो देश
आफ्नो प्राण भन्दा प्यारो ठान्छु यो देश
नेपाली हुनमा गर्व छ
हामी सबै मिलीजुली देश बनाउनु पर्छ
 
देशको इज्जत गर्नुपर्छ
देशको लागि केही गर्न सक्नुपर्छ
नेपाल माताको चरणमा ढोग्नुपर्छ
मन भरि दिल भरि देशलाई राख्नुपर्छ
 
हाम्रो बानी सधैँ स्वाभिमानी हुनुपर्छ
धेरै भाषा धेरै जाति खुसी साथ बस्नुपर्छ
आफ्नो पौरख र मिहिनेतले देश बदल्नु छ
सगरमाथा शिर हाम्रो हामीले चिन्नुपर्छ
 
स्वर्ग जस्तै सुन्दर लाग्छ मेरो देश
आफ्नो प्राण भन्दा प्यारो ठान्छु यो देश ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...