Thursday 2nd May 2024

चित्रमा पञ्चाङ्ग, भाग – ९८


चित्रमा पञ्चाङ्ग
भाग: ९८
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/१०/१७
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अन्ठान्नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

बिरालो किन मौन बसेको छ
हिंस्रकले चाप्लुसी घसेको छ
देखेको कुरा सबै साँचो होला
मुसा प्रति छुरा त धसेको छ
आहार हो पक्कै नि फसेको छ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

बिरालो माथि किन मुसा बसेको
बिरालोलाई के दिन मुसा बसेको
यो शत्रुता वा मित्रता भावना होला
बिरालो माथि के लिन मुसा बसेको ?
बिरालो माथि आसिन मुसा बसेको ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग ३

बिरालो हलचल नगरि बसेको छ हेर
मुसाको सिकार बल्लतल्ल फसेको छ हेर
मुसो बिरलाको शिर चढ्दा किन नचलेको
कि बिरालालेनै कतै चिल्लो धसेको छ हेर
फेरि मुसो बिरालाको सामु खसेको छ हेर ।

नवराज भट्ट
कञ्चनपुर ।

पञ्चाङ्ग ४

खाउ भने दिभरिको शिकार नखाऊ साथ छ
भुडी भोकले कराएर दिक्दार नखाऊ साथ छ
मन पनि कति कोमल बनाई दियौ भगवान
कसैको ज्यान खाएर हो चीत्कार नखाऊ साथ छ
जनावरको पनि कस्तो निखार नखाऊ साथ छ ।

अम्बिका अधिकारी
झापा बिर्तामोड

पञ्चाङ्ग ५

भ्रष्टाचारीले बेसरी चिप्लो घसेको छ
सरकार चुपचाप मौन बसेको छ
नपत्याए हेर यहाँ मुसो र बिरालो
सोर्न लुट्न मात्रै दाउपेच कसेको छ
शिरमा मुसो चड्दा बिरालै फसेको छ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग ६

सत्तामा कहिले मुसो हुन्छ भने कहिले बिरालो हुन्छ
अख्तियारमा पनि आफ्नै यार अथवा आफ्नै सालो हुन्छ
संविधानको प्रत्येक धारामा हुन्छ उनीहरूकै मान्छे
नुहाएको नुहायै उनीहरूकै मात्र आलोपालो हुन्छ
गरिबलाई भने जताततैबाट गिजोल्ने जालो हुन्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङग ७

लोभी त्यो बिरालो दाउ पर्खी बसेको छ
चन्चले मुसो सिरमा थर्की बसेको छ
कता जाउँ के गरुँ लागेको छ अत्यास
हातगोडा नभए झैँ लर्की बसेको छ
आँट बुद्धि गुम भयो कर्की बसेको छ ।

टिकाराम पुन एटम
सल्यान
छत्रेश्वरी गाउँपालिका २

पञ्चाङ्ग ८

कहिलेकाहीँ सिकारी पनि स्तब्ध देखिन्छ
खै किन हो अत्याचारी पनि स्तब्ध देखिन्छ
बिरालोको शिरमा आनन्दले बस्यो मूसा
न वारी न त छ पारी पनि स्तब्ध देखिन्छ
भयो होला शाकाहारी पनि स्तब्ध देखिन्छ ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग ९

सिकार सिर चढेपछि बिचार धिन छ
बिरालो अहि उस्ले धेरै सोचेको छिन छ
कम दिमाख त कहाँ होर मुसाको पनि
दुश्मनको टाउको माथि टेक्ने दुर्विन छ
हो उसलाई आफ्नो शुरक्षाको एकिन छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १०

लोभी त्यो बिरालो दाउ हेरेर बसेकोछ
कतिखेर झर्छ भनि पर्खेर बसेकोछ
अत्यास नमानी बिरालोको टाउकोमा त्यो
मुसो नि के कम भन्दै लर्केर बसेकोछ
बिरालो उसै मुसो खेलाएर बसेकोछ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ११

बिरालो माथि मुसा छ अचम्म
या दुलाभित्र भुसा छ अचम्म
एक अर्काको दुश्मन रे, हेर्नुस्
आपसमा त खुसा छ अचम्म
लोभी बिरालो लुच्चा छ अचम्म ।

दुर्गा भट्टराई

पञ्चाङ्ग १२

चाल मारेर बिरालोले भाउ खोज्दैछ
कसरी होला मुसा मार्ने दाउ खोज्दैछ
मख्ख पर्दै मुसा बस्यो टाउकाको माथी
किन होला त्यसको बाजे साउ खोज्दैछ
काल आयो अब त्यसको बाउ खोज्दैछ ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ १३

हो घर घरमा धाएर खोज्छु
र आवाज नमचाएर खोज्छु
बिरालो लुकी बसेछ कि भन्दै
यताउति आँखा लाएर खोज्छु
चुलोमा आहारर आएर खोज्छु ।

सीमा कार्की समर्पण
पर्सा जिल्ला ठोरी गाउँपालिका

पञ्चाङ्ग १४

हतियार मात्र हैन, नदिको धार हुन्छ
जिन्दगी एउटा खेलहो जीतहार हुन्छ
बिरालोको टाउकोमा मुसो बसेको देख्दा
दुष्मन बिचमा कहिलेकाही प्यार हुन्छ
मित्र भावको सधैँ जयजयकार हुन्छ ।

सूर्य गिरी
माछापुच्छ्रे ५ रिभान,कास्की,(पोखरा)

पन्चाङ्ग १५

शत्रुतामा पाउ मल्ने गर्छ
मित्रतामा दाउ चल्ने गर्छ
संधै एकनास कहाँ हुन्छ
शीर चढ्दा माउ जल्ने गर्छ
अक्कली पाउले छल्ने गर्छ ।

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग १६

दुश्मन कसैको पनि हुँदैन
यो कुरा मैले न भनि हुँदैन
बिरालो अनि मुसाको मित्रता
उदाहरण न बनि हुदैन
तैपनि पैसाको धनी हुँदैन ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न.पा-३

पञ्चाङ्ग १७

दुवैजना आपसमा छुचो नै हो साथी
एउटा ठुलो आर्को त बुचो नै हो साथी
बिरालोले खाने मुसा मुसाले अन्न नै
व्यवहार हेर्दा नजाती खुचो नै हो साथी
नङ्ग्रा दात वास्तवमा चुचो नै हो साथी ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग १८
यो बिरालालाई झेल हो
मुसाले बिरालो पेल हो
समय सवैको आउँछ
एक किसिमको खेल हो
बिरालोलाई त नेल हो ।
म प्र धि

पञ्चाङ्ग १९

हरेक दया बाँढेर माया मनमा सर्न सिकाउँछ
परामर्शको मार्गमा उही सुवास छर्न सिकाउँछ
हृदयको फराकिलो फाँटमा, रहेर नयाँ आँटमा
दीप बाल्दै दुनियाँ सामू उजागर गर्न सिकाउँछ
एकअर्कामा प्रेमपूर्ण सही भर पर्न सिकाउँछ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग २०

सत्रुताको अगाडि झुकेर लाग्दैन यहाँ
शरण परे नि निष्ठुरी मन जाग्दैन यहाँ
हर समय जीवन सङ्घर्षमय छ नै
सीकारीको अगाडि डरले भाग्दैन यहाँ
चाहे जे होस् जीवनको भिख माग्दैन यहाँ ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग २१

कहिलेकाहीँ जब सत्रुहरु बिच मेल हुन्छ
सत्रु प्रतिको हाम्रो दृस्ठिकोण फेल हुन्छ
समाजमा फरक सन्देश दिन खोज्नेको
यो देखावटी मेल वास्तविकता झेल हुन्छ
मौकामा एकअर्कालाई सक्ने खेल हुन्छ ।

प्रदीप के रिमाल
इटहरी – आठ ।

पञ्चाङ्ग २२

मक्ख परि ऊ टाउकोमा बसिरहेको छ
बिरालोले मुसालाई चिप्लो घसिरहेको छ
फकाई फकाई यो शिकार जालमा पारेर
बिरालोले खाउँला भने दाउ कसिरहेको छ
मुसो भने उसकै कुरामा फसिरहेको छ ।

मनोज राना बन्गाड सल्यान

पञ्चाङ्ग २३

फूलबारी वरिपरि खन्न सक्छ
नराम्रोको कित्ताबिच गन्न सक्छ
चलखेलमा लागेर अचानक
कालोलाई पनि सेतो भन्न सक्छ
कसरी दुस्मन आफ्नो बन्न सक्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग २४

मुसो खाने बिरालो
बोकी लाने बिरालो
एकोहोरो नजर
उफ्रि जाने बिरालो
चोरी भाने बिरालो ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग २५

गरिबको शरीरमा तास हुँदैन
बेइमानीसित कुनै आस हुँदैन
बिरालाको माथमा किन चढ्यो मुसो
प्राण रहेसम्म तन लास हुँदैन
दुश्मनको त कुनै विश्वास हुँदैन ।

-बुद्धिप्रसाद सापकोटा
गैँडाकोट ७, नवलपुर

पञ्चाङ्ग २६

मुसा खान बिरालो कुरी रहेछ
निदाएको झैं गरी घुरी रहेछ
मुसा चाहीं उसको दिमाग चाट्दै
यता उता हेरी दगुरी रहेछ
मुसा खाने साइत जुरी रहेछ ।

सरिता सेढाइ धादिङ

पञ्चाङ्ग २७

मौकामा खेदाइ हाल्ने आफ्नो गनेर के गर्ने
देखावटी एकैछिन साथी बनेर के गर्ने
खेलाइ खेलाइ काखैमा राखि रेट्नेहरुले
गम्केर शिरमा बसेको छु भनेर के गर्ने
आफ्नो लागि आफैले खाडल खनेर के गर्ने ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग २८

बिरालो माथि बिरालो बसेको छ
शिरमा बिरालोले हात घसेको छ
जीव जन्तुमा पनि माया हुन्छ भने
आगन अनि छहारीमा मन धसेको छ
आमाको मायामा बच्चा नि फसेको छ !

श्री कृष्ण धामी – बझाङ


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...