Thursday 2nd May 2024

पञ्चाङ्ग भाग ८१ मा १२ जना श्रष्टाद्वारा पञ्चाङ्ग लेखन


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८१ ——————————-

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/१०/२२गते
……………………………………….
अध्यक्ष
………
सुशीला पौडेल

प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल

………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
पशपत राई
भवानी घिमिरे

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य

प्रवर्तक तथा संयोजक:-
============
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
==================

अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य

पञ्चाङ्ग ०१

याैटा कुरामा अर्काे कुरा नि गाँसाैं है
फाेटाेहरू पनि समेटेर टाँसाैं है
सम्झना रहन्छ जीवन भरिलाई
नराम्रा संगतीहरूलाई नासाैं है
लाैन साथीहरू हाे अब त हाँसाैं है।

✍️सुशीला पाैडेल

पञ्चाङ्ग ०२

मर्ने बाँच्ने ठेगान् टुङ्गो कसैलाई थाहा हुन्न
एक दिन मर्नैपर्छ तर मर्ने चाहा हुन्न
नाम दाम कमाउन रहर ता गर्छन् सबै
राम्रै कर्म गर्छन् सबै धेरैलाई आहा हुन्न
आफ्ना कर्म आफ्नै लागि अर्कालाई हाहा हुन्न ।

✍️गुणनिधि घिमिरे अमेरिका।

पञ्चाङ्ग ०३

यो धर्तिमा बसेर हाँस्न पनि मन छैन
साथी भनेर माया गाँस्न पनि मन छैन
जीवनमा हाँसाे र रोदन हुँदो रहेछ
यो पापी चोललाई माँस्न पनि मन छैन
जीवन दर्पण छ टाँस्न पनि मन छैन।

✍️ बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग ०४

छोडिएका संस्कार थाल्नुपर्छ अब हामीले
परजीवी प्रवृत्ति ढाल्नुपर्छ अब हामीले
उच र निच एउटा मालामा उनिनु पर्छ
संस्कृतिका पाईला चाल्नुपर्छ अब हामीले
भोलिको लागि दियो बाल्नुपर्छ अब हामीले ।

✍️दुर्गा आचार्य , मोरङ ।

पञ्चाङ्ग ०५

कनाउन पनि त शरीर चिलाउनुपर्छ यहाँ
दायाँबायाँ समय पनि त मिलाउनुपर्छ यहाँ
अनायासै थाहैनपाइ फाट्न गए ति मन मुटु
जबर्जस्ती संहालेर तन सिलाउनुपर्छ यहाँ
वेदनाका आँशुहरू कति पिलाउनुपर्छ यहाँ।

✍️त्रिलाेचन भण्डारी , मेचीनगर झापा।

पञ्चाङ्ग ०६

छन्द : शार्दूलविक्रीडित

लाहाकाे घरभित्र पाण्डवहरू बाँधेर के पाउँछाै
द्याैताकै अवतार साथ रिसिबी साँधेर के पाउँछाै
आफ्नै देश धरापमा छ तर लाै लाग्दै छ निद्रा भने
कच्चा दर्शन ब्यर्थकाे सदनमा छाँटेर के पाउँछाै
नेताजी अब राेजराेज जनता ढाँटेर के पाउँछाै ?

✍️विष्णु दाहाल
इनरुवा ५ बलाहा, सुनसरी ।

पञ्चाङ्ग ०७

आकाशमा उड्ने पन्छी उड्न छाेड्छ थाके पछि
फलेकाे फल अवश्य खसेकाे छ पाके पछि
रहन्न एकनास गतिशील याे दुनियाँमा
दिनले ठाउँ छाेड्नु पर्छ रातले ढाके पछि
संसार नै त्याग्नु पर्छ समयले डाके पछि ।

✍️भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग ०८

असक्तलाई पानी पिलाउनुपर्छ
त्यहा पुग्न समय मिलाउनुपर्छ
किसानको जिवनमा कहिलेकाही
फाटेकाे लुगा भए सिलाउनुपर्छ
बारीको झारपात जिलाउनुपर्छ।

✍️दुर्गा भट्टराई ।

पञ्चाङ्ग ०९

थोपा – थोपा बनेर बगिसकें फेरि आँखामै धाउने चाहा छैन
खहरे बनेर कति गाएँ – गाएँ अब फेरि गाउने चाहा छैन
समय आफैं साक्षी छ जे भोगे जति भोगे मैले सम्झनामै राख्छु
जो बित्यो बितिगयो फेरि त्यही बितेकैलाई पाउने चाहा छैन
सागर पुगिसकें अब फेरि शिरमै फर्कि आउने चाहा छैन।

✍️पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०

मलाई पीर लाग्न थाल्यो
उकालो भिर लाग्न थाल्यो
हृदय आत्तिएको बेला
चलेको तीर लाग्न थाल्यो
जोगिँदा शिर लाग्न थाल्यो ।

✍️सन्ध्या गौतम , काठमाडौं ।

पञ्चाङ्ग ११

म मरेपछि स्वर्गमा भेट्नेछु त्यहीँ गएर
मनको कुरा र प्यास मेट्नेछु त्यहीँ गएर
मरेको दिन हुनेछ है रुवाबासी घरमा
धर्तीमा अन्तिम खुट्टा टेक्नेछु त्यहीँ गएर
चिताको बाटो स्वर्गमा लेट्नेछु त्यहीँ गएर।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग १२

नबुझ्नेको लागि मात्र खाँस छ दुनियाँ
बुझ्नेको लागी एउटा गाँस छ दुनियाँ
आफुलाई दुःख परेको कसैले देख्छ
सबै मिली कुरा काटेमा नास दुनियाँ
दुःखको खबर पाउँदा दास दुनियाँ ।

✍️सुस्मा मगर , रोप्ला ।


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...