Thursday 2nd May 2024

गोबिन्द राज ओझा (राजन)को गीति कविताः कहाँ छन् कालापानी, लिपुलेक…


कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा
मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता   
देशको स्वाभिमानलाई जोगाउनु छ     
यहाँ देशको रक्षा गर्नु छ
 
चिच्याउँछन् रुन्छन् पहाड,पर्वतले धेरै प्रश्न गर्छन्
कता गयौ वीर योद्धाहरू खोजि गर्न सक्छन्
लिपुलेक कालापानी  हाम्रो हो, फिर्ता ल्याउनु पर्छ   
कालापानी  हाम्रो मुटु हो बचाउनु छ
 
कालापानीको आफ्नो कथा छ
यी पहाड ,हिम श्रृखलाले देशलाई चिनाउँछ
लिपुलेक र लिम्पियाधुरा कालापानी हाम्रै हो
यी आँखाले हेर्न खोजेको उनलाई नै हो
कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा
मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...