Monday 20th April 2026

८ पञ्चाङ्गकारहरूका उत्कृष्ट पञ्चाङ्गहरू


पञ्चाङ्ग ०१

हामी सबैले मिलेर काम गरौँला है
दु:ख पर्दाखेरि मानापाथी भरौँला है
परेको बेला दु:खमा काम सार्नु पर्छ
असहजमा श्रम गरेर सरौँला है
अनिकालको बीउ खेतमा छरौँला है ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग ०२

दु:खमा मिलेर काम गरौँला आमा
दाजुभाइले मानो भरौँला आमा
पाखुरामा बल मनमा आँट हाम्रो
सहयोग गर्न अघि सरौँला आमा
बाँझो खेतलाई जोती छरौँला आमा ।

✍️सन्ध्या गौतम , काठमाडौं ।

*पञ्चाङ्ग ०३

सकेसम्म अझै मेहनत गरौँला नि
दु:खबाट सुखकाे सागर तरौँला नि
जन्मेपछि एकदिन त मर्नु नै पर्छ
जसोतसो मनको भकारी भराैँला नि
कर्म गरी नामको वासना छराैँला नि।

✍️नानीबाबा अधिकारी, काठमाडौं ।

पञ्चाङ्ग ०४

मैले पनि ज्ञानको बीज छरौँला एकदिन
खालि भएको यस्तो आत्मा भरौँला एकदिन।
अज्ञानी छु नादान छु अहिले अबुझ भएँ,
भगवानको नाम सेवा गरौँला एकदिन
यसै गर्दै म पनि पार तरौँला एकदिन।

✍️दुर्गा आचार्य , मोरङ ।

पञ्चाङ्ग ०५

भरसक आफ्नाे काम आफैं गर्नु पर्छ
किसानी गर्नेले बीउ आफैं छर्नु पर्छ
माटाेमा हात नलगाइकन अन्न नफल्ने
चाहिँदा खेतमा पानी आफैं भर्नु पर्छ
अरुकाे भर हाेइन आफैं सर्नु पर्छ।

✍️नवराज भट्ट, कञ्चनपुर ।

पञ्चाङ्ग ०६

मलाई सम्झी रुँदी हुन् मेरी आमा
रूदै तस्बिर छुँदी हुन् मेरी आमा
म सँगै भए त आँशु पुछि दिन्थे
सदैव एक्लै हुँदी हुन् मेरी आमा
आँशुले सिरानि धुँदी हुन् मेरी आमा।

✍️सुष्मा मगर, रोल्पा।

पञ्चाङ्ग ०७

माता-पिता गुरु र ईश्वरको भक्ति गरौँला अब।
दुखी जनमा सामाजिक कार्य गर्दै राहत भरौँला अब।
अवश्य जन्मे पछि हामी मानव प्राणी मर्नु निश्चित नैछ,
मानव चोला आध्यात्मिक ज्योतिको ज्ञान लिँदै मरौँला अब।
मानव कर्म गर्दै आपसमा सबैको दुख हरौँला अब।

✍️बेदु न्यौपाने ✍️🇳🇵 काठमाडौं ।

पञ्चाङ्ग ०८

देशकाे सिमा रक्षार्थ संघर्ष गरौँलासाथी
बचाउनु छ देश, मर्न परे मरौँला साथी
बैरी सामु झुकि कदापि पछि हट्ने छुइन
विश्व सामु एकताको सन्देश छरौँला साथी
जहाँ भए पनि देशको माया भरौँला साथी।

✍️राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...