Saturday 4th May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय पन्ध्र भाग (११५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/१०/१५
……………………………….

प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : कर, खर गर, घर, चर, छर झर, डर, तर, थर, दर, नर, सर, हर आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

हेमन्तको सिरेठोले तन थरथर भयो
खिन्न खिन्न भएको छ मन चरचर भयो
गरिबको झुपडीको कुरा नै के गरूँ अब
रसाएर आँखाहरू झन तरतर भयो
हल्लाउँदै मनमुटु वन सरसर भयो ।

चन्द्रावती अधिकारी
कोहलपुर

पञ्चाङ्ग २

ओइलाएर झर्ने जिन्दगीको के भर भयो
बाँच्नु पनि सङ्घर्षको पथमा कहर भयो
जस्तो बन्छ भाग्यले दिएको स्विकार्नु पर्नेछ
पृथ्वी, खुला आकाश चराचरको घर भयो
न्यानो दिने यो दाउरा बाल्ने तातो खर भयो ।

सविता के.सी.

पञ्चाङ्ग ३

अझै पनि कति बस्छौ नारी तिमी अर्काकै भर गरेर
इज्जत र इमान बाउमाइतीको सधैं डर गरेर
अब त आखा खुल्नुपर्छ तिमीले नि बाहिर डुल्नु पर्छ
कति बस्छौ गुम्सिएर भित्रै , सधैं अर्काकै घर गरेर
आफ्नो त पहिचानै मेटाएर पुरुषकै थर गरेर ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ४

मन मुटु चट्टान बनेपछि भर नपर भो
भेदभाव अङ्गालेर भो जबर्जस्ती नभर भो
अवरोधका खाडलहरू खोतलेर नहिँड
घृणाको बिउ शान्त मनको भूमिमा नछर भो
बहिरो छ यो समाज , भो अब कुरै नगर भो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ५

बाँदरको आफ्नो कुनै घर हुन्न भन्छन्
आज यता भोलि कता भर हुन्न भन्छन्
नत घर न त अन्य जोगाउनु पर्ने
भबिष्यकोलागि कुनै डर हुन्न भन्छन्
बानर त्यो बानरै हो नर हुन्न भन्छन् ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ६

जसको लागि बाँचेकी छु ऊ घर छैन
मुटुमा माया साँचेकी छु ऊ तर छैन
एक दिन जान्छ जीवन चितामा पक्का
के चिन्तित बन्नुपर्ने जोलाई डर छैन
बुढेसकाल भो जिन्दगीको भर छैन ।

भगवती अधिकारी ,दमक, झापा
पञ्चाङ्ग ७

विदेशको छोरो फर्काउछु भन्छ घर उसले
असल छ त केही गर्छन् ! मान्दैन डर उसले
वैधिक सनातन राज्य अर्गानिक उत्पादन
थाहा हुँदाहुँदै तिर्दैछ पार्टीको कर उसले
राखेन बाँकी कतै गर्यो सकेको हर उसले ।

गणेश पौडेल
कालिका ६ चितवन ।

पञ्चाङ्ग ८

कसैको छायाँ पर्दा डर लाग्छ किन
कसैले भने पनि कर लाग्छ किन
नजरैमा पर्नु त सामान्य कुरा हो
जोड्नलाई पछाडि थर लाग्छ किन
समाजको अगाडि सर लाग्छ किन ?

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

नासवान यो शरीरको पनि के भर यहाँ
छोड्नु नै छ त किन चाहियो ठूलो घर यहाँ
आपसी सद्भाव राख्नु ठुलो कुरा बाँचुन्जेल
फेरि किन चैं रिसले काप्छौं थरथर यहाँ
नारीको समान खै ? छ पुरुष कै डर यहाँ ।

सबैको ईच्छा शहरमा घर होस्
त्यो घरको धेरै बलियो चर होस्
कस्तो राम्रो हुन्थ्यो होला नि जिन्दगी ,
अर्गानिक खान खेतीको भर होस्
सबैतिर बिकासको लहर होस् ।

दुर्गा भट्टराई

पञ्चाङ्ग १०

राख्ने छैन भोको झर दिनेछु
चुहिने छानोमा खर दिनेछु
गरौँलासँगै उकाली ओरालि
सिन्दुरको धर्को थर दिनेछु
मुल्यमा मायाको कर दिनेछु ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग ११

बिहे गरेपछि पराईको घर परेर
अन्त्यमा जोडिने पुरुषको थर परेर
भन्छन् नारीलाई आफ्नो जात हुँदैन यहाँ
बस्नु पर्छ उसले अरूको भर परेर
व्यवहारमा झेल नगरी सर परेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १२

नाम देखें खुवै लामो थर छैन यहाँ
विश्वास गरौं कसैको भर छैन यहाँ
जस्ले जे भने पनि गरिबहरुलाई
पानी पर्दा ओत लाग्ने घर छैन यहाँ
उनकै लागि लड्छु म डर छैन यहाँ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग १३

मिली बसे परिवार ओडार पनि घर हुन्छ
सुनौलो भविश्य एक आर्कामा सधै भर हुन्छ
भनिन्छ मन् शुद्ध भए त कटौतिमा हुन्छ गंगा
सुख सान्ती र हंसिलो सधैभरी अधर हुन्छ
दुश्मन् लागेपनि एकता भए विफिकर हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १४

सुन्दर र शान्त घर राम्रो हुन्छ
माटो र ढुङ्गाको भर राम्रो हुन्छ
समिप अदृश्य मनमा हरिझैँ
दुधमा घुलेको तर राम्रो हुन्छ
पिपल छेउमा वर राम्रो हुन्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १५

बाझिएको घर छैन
तिर्नुपर्ने कर छैन
सबैभन्दा सुखी मान्छे
आफन्तको भर छैन
दुस्मनको डर छैन ।

टीकाराम जोशी, इमाडोल ।

पञ्चाङ्ग १६

सोझा जनतालाई डरमा नबसाए हुन्थ्यो
आशा देखाए पनि भरमा नबसाए हुन्थ्यो
हामीहरू विकासको चाहाना राख्ने मानिस
उच्च मूल्य, महङ्गो करमा नबसाए हुन्थ्यो
पानी पर्दा रुझ्ने त्यो घरमा नबसाए हुन्थ्यो ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग १७

चिसो बढ्यो अचाक्लीले छैन घर भन्छ्यौ
हावाहुरी असिना पानीको थुप्रै डर भन्छ्यौ
कमजोरछ आयश्रोत भन्ने थाहा हुँदा पनि
टिनको छानो उसै चिसो खोइ भर भन्छ्यौ
चिसो भित्तो फेर्न कोशिश छिट्टै गर भन्छ्यौ ।

प्रदीप के रिमाल
इटहरी – आठ ।

पञ्चाङ्ग १८

सानो होस तर आफ्नै लाग्छ घर राम्रो
परिवारमा एकअर्कोको भर राम्रो
बाच्न कै लागि सबै कुरा आवश्यक छ
हुन्छ नि सधैँ मान्यजनको डर राम्रो
पिपल सँग हुन्छ सधैँ सँगै वर राम्रो ।

शोभा आचार्य गौतम
काठमाडौँ ।

पञ्चाङ्ग १९

अगेनाको छेउमा बसेक‍ो छु ढुकेर आज
चिसो भगाउनु छ आग‍‍ोलाई फुकेर आज
हातगोडा कमाउँदै बस्नु परेको छ ल है
बसेछ सूर्य त्यो बादल भित्र लुकेर आज
झन् कठिन भयो हिउँका रेसा सुकेर आज ।

सीमा कार्की समर्पण
पर्सा जिल्ला ठोरी गाउँपालिका ४

पञ्चाङ्ग २०

माता पिता गुरूले देखाएको डर राम्रो
झुपडी भएतापनि आफ्नो नै घर राम्रो
हामी मानिसमा कहाँ हुन्छनी सन्तोष
असह्य गर्मी हुँदा वर्षाको नै झर राम्रो
पुर्खाहरूले चलाएको आफ्नै थर राम्रो ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग २१

जहाँ संलग्न थिए हिजो त्यहाँ तर नाम छैन
विश्वास नफुल्ने ठाउँमा त्यहाँ नर काम छैन
हजुर, राजनीति धर्म साहित्य व्यापार भयो
भाव भावना भन्ने कुरा त्यहाँ पर ठाम छैन
शाश्वत सत्य मान मित्र त्याहँ घर जाम छैन ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग २२

सबैको शान्त सुन्दर सुखी उस्तै नै शहर भए
संघर्षमा आपसि खुशिले जिउने रहर भए
आहा कति श्वर्गसरी हुन्थ्यो यो गाउँ समाज
जसरि पर्छ त्यसरि नै टर्छ भन्ने कहर भए
देशमा सरकार जनको एउटै लहर भए ।

टिकाराम पुन

पञ्चाङ्ग २३

हो मेरो दुख्छ मन चर्किन्छ मुटु चरचर कति गर्छौ
उठ्यो रिस जिउ काम्न थाल्यो थरथर कति गर्छौ
यो मेरो जिन्दगी मलाई शान्तिसँग बाँच्न देऊ
टाउको दुख्ने गरी सधैँभरी करकर कति गर्छौ
धड्किछ यी आँखामा आँसु तरतर किन गर्छौ ।

नमानी तरास नमानी डर पूरा हुन्छन् भने
छोडेर आउँछु म जन्मघर पूरा हुन्छन् भने
मुटुमा कतिधेरै सुनौला सपना सजाएकी छु
मेरा मनका सपनाहरु हर पूरा हुन्छन् भने
लेख्ने छु मेरो नाममा तिम्रो थर पूरा हुन्छन् भने ।

मनोज राना बन्गाड सल्यान


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...