Saturday 4th May 2024

पञ्चाङ्ग चित्रपट, भाग :- ६५ (पैसठी)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैसठीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६५[पैसठीऔ] चित्रपटमा छौं।

प्रशिक्षक :
————
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी

चित्र संकलन
—————–
सुशीला पाैडेल

शुद्धीकरण
————–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )

संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी

समायोजक
————-

सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~
पञ्चाङ्ग:०१

गाईबस्तुलाई घाँस चरालाई चारा राम्रो।
बाघकाे छाला राम्रो हात्तीको भने दारा राम्रो।
प्रकृतिकाे अनाैठाे उपहार कहाँ पाउनु,
विशाल आकाशमा घाम जून र तारा राम्रो।
धरतीकाे काखमा यो निलाे ताल रारा राम्रो।
सुशीला पाैडेल

पञ्चाङ्ग:०२

पन्छी हरूलाई दिने चारा राम्रो होस्।
समाउन चै हात्तीको दारा राम्रो होस्।
प्रकृति रमणीय ठाउँ हेर्न जाऊँ,
आकाश उज्यालो जून तारा राम्रो होस्।
धर्ती माझ हेर्न ताल रारा राम्रो होस्।

बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग:०३

प्रभातमा हिमाल चाँदीको रङ्ग दिन्छ।
विभिन्न तरिकाको उज्यालो वङ्ग दिन्छ।
यहि विशेषता हिमालको टल्काईमा,
उदाउँदो सूर्यले आनन्द सङ्ग दिन्छ।
जीवनको जीउने नौलो त्यो ढङ्ग दिन्छ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग:०४

आकाश छुने हिउँकाे शिर देख्छु तिम्राे ।
वन पाखा अनन्त त्याे भिर देख्छु तिम्राे ।
सयौँ थुँगा फूल काखमा राखेर आमा,
मुस्कुराउने वदन स्थिर देख्छु तिम्राे ।
जन्माएकाे छाेराहरू वीर देख्छु तिम्राे ।

भवानी घिमिरे ,सर्लाही ।

पञ्चाङ्ग:०५

मेरो हिमाल मेरो पहाड आँखाको नानीमै रारा देख्छु।
नभन न मेरो दिल सानो छ यसैमा मैले सारा देख्छु।
जब-जब पुर्णिमाको रात हुन्छ, टहटह जून लाग्छ,
आह!कति शान्त रारा यसैमा सम्पुर्ण जून तारा देख्छु।
यो प्रकृति र नेपाल बचाऔं भन्ने एउटै नारा देख्छु।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग:०६

हाम्रो मन सफा हिमाल जस्तो हुनुपर्छ सधैँ।
अर्को मनलाई आफ्नो मनले छुनुपर्छ सधैँ।
सेता दन्तेलहर जस्ता ती हिम शिखरहरु,
बेचियो भने नेपालीको मन रुनुपर्छ सधैँ
भेटियो दागहरु कहीँ भने धुनुपर्छ सधैँ।

दुर्गा आचार्य , मोरङ ।

पञ्चाङ्ग:०७

नदीनाला हराभरा कहि खासै बनेको छैन।
सङ्लो पानी जमिनमुनि आखिर खनेको छैन।
जीवन जस पाउने खाल्को आएन भन्दा भन्दै,
रहर बडे आकाश छुदा खासै गनेको छैन।
हाँस्ने दिनको कल्पनाको सागर भनेको छैन।

अम्बिका अधिकारी, झापा बिर्तामोड ।

पञ्चाङ्ग:०८

निलाे आकाश जस्तै स्वच्छ हृदय हुनु राम्रो।
सेवाको भावनाले अरूको मन छुनु राम्रो।
स्वीकार्नु प्रकृतिले दिएको उपहारलाई,
मनकाे ती मैलो भावनालाई त धुनु राम्रो।
सधैं हिमाल जस्तै मुस्कुराई नरूनु राम्रो ।

राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

पञ्चाङ्ग:०९

उत्तरमा सेतो हिमाल नेपालको सान हो।
दौरा सुरुवाल ढाका टोपी हाम्रो सम्मान हो।
चुरे पहाड अग्ला होचा डाँडाकाँडा हिमाल,
सुन्दर भाषा भेष हाम्रो संस्कृति र ज्ञान हो।
सारी चोलो चौबन्दी हाम्रो नारी पहिचान हो ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग:१०

चारैतिर टलक्क टल्किने हिमालले घेरिएको देश हाम्रो।
नागबेली नदीनाला अनि तलाउले बेरिएकाे देश हाम्राे।
सुन्दर भाषा,भेष अनिआ-आफ्ना संस्कृतिले सजिँदै यहाँ त,
ठाउँ अनुसार बिशेषत हावापानी फेरीएकाे देश हाम्रो।
बिदेशीले पनि पर्यटन स्थल भनि हेरिएकाे देश हाम्रो।

उर्मिला केशी. , धनकुटा ।

पञ्चाङ्ग:११

हिमालै हिमालले घेरिएको देश मेरो।
भाषा र संस्कारले बेरिएको देश मेरो
प्रकृतिको सुन्दर उपहार सजाएर,
सधैं पर्यटकले हेरिएको देश मेरो ।
नेता र कार्यकर्ता फेरिएको देश मेरो ।

दुर्गा भट्टराई , मोरङ ।

पञ्चाङ्ग:१२

बाहिर सेताम्मे हिउँ परेको छ।
मान्छे सबै तातोतिर सरेको छ।
राराको मनमोहक दृश्य देख्दा,
खुसीले मन त्यसमा झरेको छ।
बस्तुलाई चिसोले गर्नु गरेको छ।

ह्यारिस


सम्बन्धित शीर्षकहरु

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...