Wednesday 13th May 2026

“टुक्का पुञ्ज” श्रृङ्खला -४


साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट २०७७ साल साउन २५ गतेबाट शुरु भएकाे दुई हरफकाे कविता “टुक्का कविता” छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज “टुक्का कविता” मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा प्रकाशन गर्ने उद्धेश्यले टुक्का साहित्य समाजका अध्यक्ष / टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाईँकाे परिकल्पना तथा टुक्का अभियन्ता धनुष न्याैपानेकाे संयाेजकत्वमा टुक्का कविता प्रकाशनमा शुरुवाती समय देखि साथ दिँदै अाएकाे पत्रिका तिताेपाटी डट कममा “टुक्का पुञ्ज” नामक साप्ताहिक स्तम्भकाे शुरुवात भएकाे छ । टुक्का पुञ्जकाे याे चाैथाे श्रृङ्खला हाे ।

संयाेजक : धनुष न्याैपाने

[१]
१.
काम गरेर खान यहाँ, देशमा साह्रै गाह्रो भयो
सजिलो बरु पासपोर्ट बोकि विदेशतिरै गयो ।
२.
परदेशिनु रहर होइन, बाध्यता रहेछ
डिग्री गरेको युवक अहिले, विदेश गएछ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौँ
[२]
१.
यो पानी पछि रुखहरुमा पालुवा पलाउँछन्
धरामा वसन्तका बहारहरू सल्बलाउँछन् ।
२.
प्रकृतिको आफ्नै नियम छ, हिड्दैन नाघेर
जाडोमा गर्मी, गर्मीमा जाडो पाइन्न मागेर ।
✍️ पुष्पा राई
खोटाङ
[३]
१.
झुल्कियो घाम बिहानीको सुन्दरता छर्दै
निराशा फाल्दै आशा, उमङ्ग र खुसी भर्दै।
२.
निःशुल्क प्राकृतिक उपहार छ महत्त्वपूर्ण कति
रित्तिन्न कहिल्यै उपयोग गरुँ सारा सन्सार जति ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[४]
१.
सेवा गरे मेवा मिल्दछ कर्म गरे धर्म
गाउँघरमा बसेपछि गरौँ अर्मपर्म ।
२.
दिनपछि रात आउँछ रातपछि दिन
मानिसहरू स्वार्थी बने आजभोलि किन ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची
[५]
१.
विकासमा नेपाल किन ख्याउटे भयो
व्यक्तिवादी प्रवृतिको रुप बढ्दै गयो ।
२.
भत्ताविना चल्ने होइन कुनै प्रशासन
काम जति पन्साएर भोलिको आश्वासन ।
✍️ देव मगर
तिनाउ-१, पाल्पा

::::: जय टुक्का! जय साहित्य!! :::::


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...