Saturday 4th May 2024

गोबिन्द राज ओझा (राजन)को गीति कविताः म एक नेपाली हुँ…


म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ
देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ
मेरो मनमा देशको माया सधैँ रहिरहन्छ
म गर्व गर्छु देशको माया मनमा राख्नु छ   
  
मेरो प्यारो देशमा बस्न पाउँदा मन खुसी छ
प्रत्येक शब्दले देशको प्रशंसा गर्नु छ
मेरो प्यारो मातृभूमि सबै धनको उपहार हो
मैले दृढ हृदय र आत्माले देशको सेवा गर्नुपर्ने भो
 
हाम्रो आफ्नै भाषा र विशेषता छ 
शत्रुहरूबाट देशको रक्षा गर्नु छ
म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ
देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...