Sunday 28th April 2024

पञ्चाङ्गकारहरूको साप्ताहिक अभ्यास श्रृङ्खला ८०


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
……………………………………….

प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य

संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली”

अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य

पञ्चाङ्ग: ०१
( शहीद दिवस विशेष )
आफ्नाे हृदयमा भरेर सहिदको सम्झना।
भावनाकाे गंगा तरेर सहिदको सम्झना।
श्रद्धा सुमन ज्ञात अज्ञात सहिदहरूमा,
समर्पण अघि सरेर सहिदको सम्झना।
आजकाे दिनमा गरेर सहिदको सम्झना।

✍️सुशीला पाैडेल

पञ्चाङ्ग:०२

स्वतन्त्रताको लागि माग गरेका थिए।
प्रजातन्त्र ल्याउन लागी परेका थिए।
निरङ्कुश शासकले प्राण लिई दियो,
निरङ्कुशता सिमा झण्डै तरेका थिए।
देशकै लागि ती सहिद मरेका थिए ॥

✍️गुणनिधि घिमिरे अमेरिका।

पञ्चाङ्ग:०३

अमर रहदैन मान्छे मरेर एकदिन जानेछ।
फुलेको फूल थुगा पनि झरेर एकदिन जानेछ।
घमण्ड नगर्नु तिमीले कहिल्यै आफ्नो मात्र खाने हो,
जिउनु छ निरोगी सधैँ परेर एकदिन जानेछ।
विशाल यो धर्तीमा केही गरेर एकदिन जानेछ।

✍️अम्बिका अधिकारी ,झापा बिर्तामोड

पञ्चाङ्ग:०४

सहिदका सम्झना देशमा धुरो भयो।
उनीहरूका सपना खै त पूरो भयो?
कस्तो अवस्थामा होलान् तिनका परिवार,
सबै प्राचीनता एकादेशको कुरो भयो।
न्याय कदम चाल्दा त्यति खेर सुरो भयो ।

✍️शोभा आचार्य गौतम , काठमाडौँ ।

पञ्चाङ्ग ०५

सहिदलाई मारेको देश हाम्रो नेपाल हो।
सालिक तल झारेको देश हाम्रो नेपाल हो ।
सहिदको कात्रो अझै कति दिन बोक्छौ तिमी,
जनतालाई नारेको देश हाम्रो नेपाल हो।
सज्जन सधैँ हारेको देश हाम्रो नेपाल हो ।

मेरो हात तिम्रो सिँउदो भर्न पाए अलिक बाँच्छु।
मनको कुरा तिमीसगैँ गर्न पाए अलिक बाँच्छु।
खाली छ मनमा अर्को आउने ठाउँ राख्ने छैन,
जता गए नि तिम्रै सामु पर्न पाए अलिक बाँच्छु।
जहिले पनि तिमीसगैँ झर्न पाए अलिक बाँच्छु।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग ०६

फुलेको फुल सँग लत्रीएको पात फरक हुन्छ।
अैाँसी भन्दा पुर्णिामाको उज्यालो रात फरक हुन्छ।
फरक छुट्टाउनु सजिलै हुन्छ भोग्न गाह्रो धेरै,
समाजमा रगत त एउटै जात फरक हुन्छ।
आफ्नाहरु बाट खाइरहेको घात फरक हुन्छ।

✍️दुर्गा आचार्य , मोरङ ।

पञ्चाङ्ग ०७

जसको लागि बाँचेकी छु ऊ घर छैन्।
मुटुमा माया साँचेकी छु ऊ तर छैन्।
एक दिन त जान्छ जीवन चितामा,
के चिन्तित बन्नुपर्ने जोलाई डर छैन्।
बुढेसकाल भो जिन्दगीको भर छैन्।

✍️भगवती अधिकारी ,दमक, झापा।

पञ्चाङ्ग ०८

जुनीभरि सम्झिनेछौॅ काम सहीदको।
छातीभित्र धड्किनेछ नाम सहीदको।
यो देशको निम्ति के के काम गरे भन्ने,
चम्किनेछ नाम उस्तै ठाम सहीदको।
भुल्ने छैनौॅ गोलीको त्यो डाम सहिदको।

✍️घनश्याम पौडेल,, पोखरा।

पञ्चाङ्ग ०९

सरल यन्त्र गलमा काम भएकाे देख्छु ।
पाखुरीकाे त्याे बलमा काम भएकाे देख्छु ।
कलीकाे प्रभाव नपराेस् मेराे जपना छ ,
अर्थकाे सामु पलमा काम भएकाे देख्छु ।
आँखाकाे भर छलमा काम भएकाे देख्छु ।

✍️भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग १०

सहिदको रगतले पोतेको देश हो हाम्रो देश।
सधैं आ आफ्नो भाषा भेसको शेष हो हाम्रो देश।
कति दुःखले आर्जेको यो नेपाल देश अहिले,
नेताको लागि बुर्कुसी मार्ने रेश हो हाम्रो देश।
नबनोस् कसैका लागि पनि क्लेश हो हाम्रो देश।

✍️सरस्वती श्रेष्ठ, इटहरी ।

पञ्चाङ्ग ११

सहिदले देखाएको बाटैबाटो हिड न केही गर्नु पर्दैन।
सरकार ! तिमीले नै चलाउ देश, सत्ताबाट झर्नु पर्दैन।
केहि गर्नु पर्दैन है नया, मात्रै भ्रष्टाचार नगरिदेउ ,
यति गरे बाँच्छ देश जनता पनि भोकले मर्नु पर्दैन।
देश आत्मनिर्भर हुनेछ नि अरुको शरण पर्नु पर्दैन।

✍️पशपती राई, खोटाङ।

पञ्चाङ्ग १२

सूर्य चन्द्रले पनि ग्रहण झेल्नु पर्छ।
मानिसलाई अशक्त हुँदा पेल्नु पर्छ।
आफ्नो औकात देखाउने समयलाई,
नाटकीय रुममा भूमिका खेल्नु पर्छ।
उर्लदो भेलमा हुत्याउदै हेल्नु पर्छ।

✍️ह्यारिस

पञ्चाङ्ग १३

राम्राे मात्र कहाँ हुन्छ र जीन्दगी कहिले हानी हुनुपर्छ।
अरुले बिर्सी गए पनि आफुले सम्झिने बानी हुनुपर्छ ।
आज म माथी छु भन्दैमा व्यर्थैकाे घमण्ड किन गर्छाै तिमी,
शरीर त मरेर जान्छ मन दानी हुनुपर्छ।
स्वतन्त्र बग्ने पवित्र नदिकाे पानी हुनुपर्छ।

✍️उर्मिला के.शी., धनकुटा ।

पञ्चाङ्ग १४

हरे ! अनाहकमा गाेलीबाट मर्नु पर्ने कस्तो काल आयाे।
अस्तित्व खातिर गठबन्धन गर्नु पर्ने कस्ताे ढाल आयाे।
अनुशासन रछान भएछ चुपचाप सहनु छ साथी,
नैतिकता हीनकाे व्यवस्था सहनु पर्ने कस्ताे जाल आयाे।
दिनदहाडै इमान बेचेर लिनु पर्ने कस्ताे माल आयाे ।

✍️प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग १५

शहीदको रगत आलो छ।
नयाँ राम्रो युगको पालो छ।
शहीदहरु चार मात्र हुन्,
हजारको संख्यामा जालो छ।
नामले त हातमा बालो छ ।

✍️सुमित्रा पोखरेल, काठमाडौं।

पञ्चाङ्ग १६

चिसोले कठाङ्गिएको हातहरु सम्झे।
तिमी बिना बिताएको रातहरु सम्झे।
उदासी एक्लोपनका उराठिला मन,
आगो जस्तै पोल्ने तिम्रो घातहरु सम्झे।
म सङ्ग टाढिने निहु जातहरु सम्झे।

✍️संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं ।

पञ्चाङ्ग १७

माघ सोरमा ति सहिद हरूको गरियो सम्झना।
निर्जीव मुर्तिहरू फूल मालाले भरियो सम्झना।
जनता देशको लागि लड्ने वीर पुरुष हरूमा,
आफ्नै छातीमा ती गोलि थाप्दै खोला तरियो सम्झना।
वीरहरूको यै माटोमा रगत छरियो सम्झना।

✍️बेदु न्यौपाने ✍️🇳🇵 काठमाडौं।

पञ्चाङ्ग १८

सहिदको सम्झना देखाउन गरेको पाइन्छ।
कहीँ र कतै अतितका घाउ भरेको पाइन्छ।
वीरको बलिदान इतिहासका तस्बिर बने ,
केवल स्वार्थमा पाइला अघि सरेको पाइन्छ,
असुरक्षा र बेथिति देशमा छरेको पाइन्छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...