Monday 29th April 2024

गोबिन्द राज ओझा (राजन)को गीति कविताः यी खोलाका किनारमा…


यी खोलाका किनारमा ,यी बगरहरूमा
बगिरहेको खोलाको रमाइलो दृश्यमा
सधैँ खुसी रहने सुन्दर तिम्रो मनमा
यी हरियाली फाटहरू, सुन्दर वस्तिहरूमा

यहाँका मनमोहक दृश्यहरूमा
हिमालबाट खसेका झरनाहरूमा
सबै ठाउँहरूमा सधैँ तिम्रो साथमा हुनेछु
म एउटा सहयात्री बनी साथमा रहनेछु

कलकल बग्ने खोलाहरूको आवाजमा
यो मनलाई रमाउनेछु
चिसो हावा लाग्ने ठाउँहरूमा
सुन्दर यी हिमालको दृश्यहरूमा

सुन्दर र शान्त यी ठाउँहरूमा
हुनेछु सधैँ तिम्रो साथमा
बग्ने खोला बनी तिम्रो मनमा
बगिरहनेछु आफ्नो बेगमा

यी खोलाको किनारमा ,यी बगरहरूमा
बगिरहेको खोलाको रमाइलो दृश्यमा
सधैँ खुसी रहने सुन्दर तिम्रो मनमा
यी हरियाली फाटहरू ,सुन्दर वस्तिहरूमा ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.-२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

एजेन्सी । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका…

कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति…

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच…

प्रतिकृयाहरू
...