Monday 29th April 2024

गोबिन्द राज ओझा (राजन)को गीति कविताः म सधैंभरि तिम्रो हुँ..


म सधैँभरि तिम्रो हुँ म स्वीकार गर्छु
जीवनभर, तिमि  सँग हुनेछु 
तिम्रो साथमा हुन्छु म तिमीमा हराएको छु
म तिम्रो साथ हुनेछु र छिट्टै भेट्नेछु ।।
 
तिमीलाई माया गर्ने कुनै अन्त्य र सुरुवात छैन
साथ सधैँ रहिरहोस् सबैले मलाई सम्झाउँछन् 
सारा संसारमा तिम्रो जस्तो मन कसैको छैन
म तिम्रो बारेमा सोच्न छोड्दिन ।।
 
हामीले राम्रो सपना देखेका छौँ
सपनामा चङ्गा उडाउन मन लगाएछौ 
 तिमी मेरो मुटुको धड्कन हौ
तिमीलाई धेरै सम्झना गर्दछौ ।।
 
एक कप चिया बाँडेर तिमि सँग बस्न मन लाग्यो
मेरो माया एउटा प्रतिज्ञा हो, अटुट बन्धनमा बाँधिनुपर्ने भो
म तिमीलाई माया गर्छु सत्य हो
मेरो माया एउटा प्रतिज्ञा हो, अटुट बन्धन हो ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...