Saturday 3rd October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः म सधैंभरि तिम्रो हुँ..


म सधैँभरि तिम्रो हुँ म स्वीकार गर्छु
जीवनभर, तिमि  सँग हुनेछु 
तिम्रो साथमा हुन्छु म तिमीमा हराएको छु
म तिम्रो साथ हुनेछु र छिट्टै भेट्नेछु ।।
 
तिमीलाई माया गर्ने कुनै अन्त्य र सुरुवात छैन
साथ सधैँ रहिरहोस् सबैले मलाई सम्झाउँछन् 
सारा संसारमा तिम्रो जस्तो मन कसैको छैन
म तिम्रो बारेमा सोच्न छोड्दिन ।।
 
हामीले राम्रो सपना देखेका छौँ
सपनामा चङ्गा उडाउन मन लगाएछौ 
 तिमी मेरो मुटुको धड्कन हौ
तिमीलाई धेरै सम्झना गर्दछौ ।।
 
एक कप चिया बाँडेर तिमि सँग बस्न मन लाग्यो
मेरो माया एउटा प्रतिज्ञा हो, अटुट बन्धनमा बाँधिनुपर्ने भो
म तिमीलाई माया गर्छु सत्य हो
मेरो माया एउटा प्रतिज्ञा हो, अटुट बन्धन हो ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...