Wednesday 15th May 2024

चित्रमा पञ्चाङ्ग, भाग: ९७


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/१०/१०
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
मधुसूदन प्रसाद घिमिरे
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सन्तान्नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

खरवुजाको रातो हरियो गाई बनाएछन् यहाँ
दुहुन भनी दूध रातभरि नै कनाएछन् यहाँ
कला हो जसले जस्तो जानेको हुन्छ बनाउँछ नै
यसलाई दुहुन जाने मुर्खता जनाएछन् यहाँ
गाईको मासु खाने माग राखेर गनाएछन् यहाँ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

चित्र कलामा बनाउन कति जानेका हुन
राष्ट्रिय जनावर गाई पो के छानेका हुन
बाँच्नुपर्छ देखिन्छन् अनेकौं चित्र विचित्र
त्यस्तालाई दुनियाँले के सारो मानेका हुन
आफैंले आफैंलाई के महान ठानेका हुन ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न. पा.-३,काभ्रे

ञ्चाङ्ग ३

माली बाछी पायो कोरली गाईले
स्याहारसुसारमा जुट्ने हो माईले (आमा)
पहिलो बेतमै लक्ष्मीको आगमन,
घाँस खोले पिठो गर्नुपर्ने रे दाइले
खुशी साथ उफ्रिएर नाच्यो भाइले ।

प्रदीप के रिमाल
इटहरी -८ सुनसरी ।

पञ्चाङ्ग ४
हरियालीमा लाली छ
कलाकारीमा माली छ
कलाको सम्मान गर्नु
निर्माता शक्तिशाली छ
शरीर भरी जाली छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ५

श्रृङ्गार पटार जति गर बोल्न सक्दैन
भोक लागेछ भनेर मुख खोल्न सक्दैन
रूप रङ्ग त उस्तै होला देखावटी मात्रै
आफै जाला ढलेर बरू बिथोल्न सक्दैन
यस्तो उस्तो नगर भनी पिरोल्न सक्दैन ।।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ६

सीप र कला पनि मिहिनेत सङ्ग नै रमाउदो रहेछ
मिहिनेतले त अल्छी र आलस्य पनि धपाउदो रहेछ
वस्तुलाई नै काटेर अहिल्यै रगत पिउन खोज्छ अल्छी
मिहिनेत – दुहेर दुध जीवनभर चखाउदो रहेछ
पसिना देखाउदै जीउमा काम गर्न फकाउदो रहेछ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ७

मानिसमा अक्कल पनि हुन सक्ने रहेछ
त्यही अक्कलले शिखर छुन सक्ने रहेछ
बारी भरी खरबुजा फलाई मानिसले
खरबुजाको गाई बनाई फुन सक्ने रहेछ
तिनै रसले पुरै गाई धुन सक्ने रहेछ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

शीप,कला जान्नुपर्छ सबैले
बुद्धि बल तान्नुपर्छ सबैले
खरबुजाको गाई बनाएर
कलमले हान्नुपर्छ सबैले
राम्रो कुरा मान्नुपर्छ सबैले ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग ९

अचेल राष्ट्रिय गाई हराए कैलीहरू
जन गीतिका भाकाका हराए भैलीहरू
संरक्षक पनि अझ भक्षक भएपछि
एकार्काका सहयोगी हराए शैलीहरू
प्राचीन सङ्गालो राख्ने हराए थैलीहरू ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १०

गाई पाल्न छाडेर सालिक बनाउछन्,
तर्बुजको पनि कति ठिक बनाउछन्
हरियो रातो सुन्दर गाई आज भोली
देखाउन चौरको नजिक बनाउछन्
जता नि पुंजिवादकै सिक बनाउछन् ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ११

घरको बला राम्रो
सुयोग पला राम्रो
संस्कार पहिचान
सुन्दर कला राम्रो
सुरिलो गला राम्रो ।

– आर्त अकुलीन

पञ्चाङ्ग १२

कला भएपछि जस्तो पनि चित्र बनाउन मिल्छ
फलफूल कोटेर पूरा शरीर सजाउन मिल्छ
कल्पनाको सागरमा डुब्न सक्नेले यस्तो गर्ने हो
खरबुजा बेच्नेले यसको स्वाद चखाउन मिल्छ
चाह्यो भने बनाउनेबाट अङ्ग हटाउन मिल्छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १३

कलाको प्रभाव परेछ राम्रो
उचित प्रयोग गरेछ राम्रो
कला भएमा खुल्छ जहाँपनि
सिपको प्रयोग छरेछ राम्रो
गाईमा नि कला भरेछ राम्रो ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १४

कलाले हाम्रो पहिचान दिन्छ
संसार भरि राम्रो मान दिन्छ
सम्मान गर्छु म कलाकारको
राम्रो-नराम्रो सबै छान दिन्छ
चित्रले गोप्य समाधान दिन्छ ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग १५

हेर गाई कि फल हो
कि यो कलाको बल हो
गौ माता नै ढालेपछि
कि त पापीको छल हो
यद्यपि यो त झल हो ।

अच्युत घिमिरे, सर्पाङ

पञ्चाङ्ग १६

चित्र पनि दुरुस्तै बनाई देखाउछन् सबलाई हेर
पत्याउनै गाह्रो चित्र कि राष्ट्रिय जनावर गाई हेर
कलामै ढालेर उतार्ने गर्छन् चित्रकारहरूले यहाँ
चित्र हेर्दा लाग्छ दिलमा छ सरस्वतीको बसाई हेर
सधैं भरी कमाउँछ्न् नाम ,दाम यस्तो कला पाई हेर ॥

सीमा कार्की समर्पण
पर्सा जिल्ला ठोरी गाउँपालिका वार्ड न ४ मेलचोक

पञ्चाङ्ग १७

कलाले नै त हो खाने यहाँ
अचम्मको कला माने यहाँ
हेरि रहूँ झैँ गाईको चित्र
तरबुजो नै पो छाने यहाँ
यो सिप मैले नी जाने यहाँ ।

सरिता सेढाई धादिङ
माने दोहारियो

पञ्चाङ्ग १८

कलाको सम्मान गरौँ, कला नै हो सहर हजुर
कला भए सच्चा हुन्छ, कला सफा नहर हजुर
कल्पनाको सागर हो जो डुब्छ उस्लेनै हिरा तान्छ
उठौँ जागौँ सबै मिली मानी कला रहर हजुर
अर्गानिक खान छोडी खान लागे जहर हजुर ।

टिकाराम पुन एटम
सल्यान
छत्रेश्वरी गाउँपालिका २
पञ्चाङ्ग १९

मेहनत गरी त्यो दिमाग चलाई कसले बनायो
भनिदीनुस् न ए सुटुक्क मलाई कसले बनायो
फेरि रातो हरियो कलर निकाली चिटीक्क परेको
खेतबारीभरि खरभुजा फलाई कसले बनायो
रँगिबीरँगी यति सुन्दर यसलाई कसले बनायो ।

मनोज राणा बन्गाड कुपिण्डे ३ सल्यान

पञ्चाङ्ग २०

फलफूलबाट गाई बनाउनु एक कला हो
यसरी सचित्र दृश्य जनाउनु एक कला हो
गाई बचाउनु हामी मिलि हाम्रो प्रमुख धर्म
सबै तरिकाले सधैँ मनाउनु एक कला हो
हेर!परम्परा हाम्रो भनाउनु एक कला हो ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग २१

परिचय दिने असल मित्र हुन्छन्
मन परेका साथी दिल भित्र हुन्छन्
कला भर्नु पर्छ अनेक आकृतिको
चाहेको जस्तो स्वरुपमा चित्र हुन्छन्
आफ्ना सृजना आफैँमा पवित्र हुन्छन् ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग २२

यहाँ हेर्दा संसार बिचित्र देखियो
खर्बुजामा गाईको पवित्र देखियो
कलाकारको कला मान्नुपर्छ यहाँ
निर्माताको शक्ति यस भित्र देखियो
ऊ काल्पनिक शक्तिको मित्र देखियो ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग २३
आकर्षक छ यो कला है
देख्न राम्रो गाई भला है
कलाकारलाई सलाम
खर्बुजोलाई नचला है
कलचौडाले त छला है ।

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग २४

कलाले कुरुप स्वरुप बनाईदिन्छ
सेतोलाई कालोको धुप बनाईदिन्छ
साहित्यमा पनि कला र गला मिलेमा
भाव बिना कविता खुप बनाईदिन्छ
खरभुजा गाईको रुप बनाईदिन्छ !

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग २५

के हुँदैन दुनियामा कलाभएपछि
रागविरागसँग मिल्ने गला भएपछि
धर्तीभरि सिर्जनाकाे थुप्राे हेर साथी
शत्रु पनि मित्र हुन्छ भलाभएपछि
दाइँ गर्न जति मिल्छ खला भएपछि

चन्द्रावती अधिकारी
काेहलपुर बाँके


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...