Wednesday 15th May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय चौध भाग (११४)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/१०/०८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : गर्न, चर्न, छर्न, झर्न, टर्न, तर्न, पर्न, भर्न, मर्न, सर्न, हर्न आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

मिल्ने भए बैकुण्ठ र पृथ्वीमा कुरा गर्न पाए हुन्थ्यो
ठाउँ भए बस्ने त्यता एक्लै बसाइँ सर्न पाए हुन्थ्यो
जाऊँ जाऊँ भन्छ मेरो मन भेट हुन्छ हुन्न के थाहा
अझै थिए नि सिक्ने कुरा शरणमा पर्न पाए हुन्थ्यो
ज्ञान नभई संसारमा बाँच्नु भन्दा मर्न पाए हुन्थ्यो ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

हाम्रो देश दुश्मनको घेरामा पर्न सक्छ
स्वतन्त्र राष्टबाट यो प्रान्तमै सर्न सक्छ
साम्राज्यवादी गिद्धे दृष्टी रहिरह्यो भने
हाम्रो स्वर्गतुल्य देश नर्कमा झर्न सक्छ
यदी हामिमा एकताभए त्यो टर्न सक्छ ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८

पञ्चाङ्ग ३

देखिएका ती सपनाहरू घाँटी थिचिएर मर्न सक्छन्
धमिलोमा माछा मार्नेले सुखहरूको घैला भर्न सक्छन्
तिमी पत्थर बन्यौ चौफेरो, मन दुखेको छ अझ मेरो
होस् गरेर हेर फूलले फूल गलत्याएर झर्न सक्छन्
यसै बेला तिम्रा बानी कैंदमा पर्न र मन हर्न सक्छन् ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ४
तिमीसँगै मन्का कुरा गर्न पाए हुन्थ्यो
उकाली अनि ओराली झर्न पाए हुन्थ्यो
बाँचुन्जेल जिन्दगीमा हाँसखेल गर्दै,
सुखदुःखका जङ्घार तर्न पाए हुन्थ्यो
सँगसँगै बाँच्न अनि मर्न पाए हुन्थ्यो ।
वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग ५

देश हितको लागि केहि गर्न सकियोस्
शुख ,शान्ति अनि समृद्धि छर्न सकियोस्
नजन्मनु जन्मे पछि यस धरतीमा
एकले अर्काको दुःख नि हर्न सकियोस्
जस्तै समस्या नि सजिलै तर्न सकियोस् ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

असल काम गर्न सक्नु पर्छ
खेलमा बीउ छर्न सक्नु पर्छ
मर्नु र बाँच्नु त एक लिला हो
अन्न भकारी भर्न सक्नु पर्छ
देशको लागि मर्न सक्नु पर्छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ७

हर्क्षण असल कर्म गर्न पाउँ म
यी सकारात्मक भाव भर्न पाउँ म
साहित्य सुधाको अथाह सागरमा ,
यी सामाजिक बिकृती हर्न पाउँ म
खादा खादै हिड्दा हिड्दै मर्न पाउँ म ।

दुर्गा भट्टराई
मोरङ

पन्चाङ्ग ८

असल काम गर्न सकौँ म
मीठो सुगन्ध छर्न सकौँ म
हुन्थ्यो बल्ल जिउनुको सार
मनमा शान्ति भर्न सकौँ म
आनन्द सँग मर्न सकौँ म ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग ९

देशको लागि कुनै योगदान गर्न पाए हुन्थ्यो
देशकै लागि बॅाच्न अनि मर्न पाए पनि हुन्थ्यो
पिछडिएका दुरदराजमा छैन शिक्षाको पहॅूच
सबै मिली विवेकको दियो छर्न पाए हुन्थ्यो
दीन दुःखीका सबै समस्या हर्न पाए हुन्थ्यो ।

लक्ष्मी काफ्ले
पोखरा

पञ्चाङ्ग १०

जसको आँट छैन साहस छैन उसले खोला तर्न सक्दैन
उ वीर कसरी हुन सक्छ र जो सत्यको निम्ति मर्न सक्दैन
दुइ दिन नै किन नबाचौं तर दिनदिनै मरेर के बाचौं
जो मर्न डराउँछ उसले कहिल्यै पनि युद्ध गर्न सक्दैन
नगरे युद्ध हार मात्रै पर्नेछ जीत कहिल्यै पर्न सक्दैन ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ११

जीवन्त सम्म सम्झने कार्य गर्न राम्रो हुन्थ्यो
समाजमा नाम राख्ने बिज छर्न राम्रो हुन्थ्यो
जीवन पर्यन्त नि सम्झने कार्य गरौँ हामी
सबैको नजरमा मन पर्न राम्रो हुन्थ्यो
इतिहासमा नाम राखेर मर्न राम्रो हुन्थ्यो ।

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग १२

स्वार्थी यो दुनियाँबाट कतै टाढा पार तर्न पाए हुन्थ्यो
घामको किरणले हराउने शित झै झर्न पाए हुन्थ्यो
नाटकै जस्तो बाँचेका रुहाउने मर्नेका लागि रुनेहरु
बिरक्त यो संसारबाट एकपटक मर्न पाए हुन्थ्यो
संसार भरि शान्ती सन्देश छरपस्ट छर्न पाए हुन्थ्यो ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग १३

बाँचुन्जेल केही काम गर्न पाए हुन्थ्यो
अप्ठ्यारो जँघारहरु तर्न पाए हुन्थ्यो
समाजमा कम्सेकम शिर ठाडो पारी
आफैंमा रङ्गिन बुट्टा भर्न पाए हुन्थ्यो
कृति छरि दुनियाँमा मर्न पाए हुन्थ्यो ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग १४

जिन्दगीको उदेक देखेर छिट्टै मर्न पाए हुन्थ्यो
अझ संसाररुपि झन्झटबाट तर्न पाए हुन्थ्यो
एक पेटको खातिर जीवनभर दौडिएको छ
यसरी नै आफ्नो सबै कष्टहरू हर्न पाए हुन्थ्यो
सधैँ पापको भारी भन्दा त पुण्य भर्न पाए हुन्थ्यो ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १५

अनुपम काम गर्न सके राम्रो
कामले अगाडि पर्न सके राम्रो
बुझ्न सकेपछि साहित्य सागर
शब्दमा सुवास छर्न सके राम्रो
काव्यमा मिठास भर्न सके राम्रो ।

– आर्त अकुलीन

पञ्चाङ्ग १६

तिमी बिना बाँच्न अनि मर्न सक्छु भन्थ्यो
फकाउन सधैँ पाउ पर्न सक्छु भन्थ्यो
मोती जस्तो दाँत तिम्रो बान्की अनुहार
परि आएपछि जे नि गर्न सक्छु भन्थ्यो
बसाइँ पनि अब त सर्न सक्छु भन्थ्यो ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग १७

गर्छु गर्छु भन्छन् यहाँ गर्ने होइन
आफ्नो वा अर्काको ठहर्ने होइन
आकाशका सैयौं तारा खसाउँछु भन्छ
जो आएनी आकाशको झर्ने होइन
गरिबको एकछाक गाँस टर्ने होइन ।

प्रदीप के रिमाल
इटहरी सुनसरी ।

पञ्चाङ्ग १८

हरेकपल राम्रो कर्म गर्न पाईयोस्
साहित्यमा मिठो सुगन्ध छर्न पाईयोस्
राम्रो काममा ध्यान जादा आनन्द आउँछ
मनमा सकारात्मकता भर्न पाईयोस्
हिड्दा, हिड्दै शान्ति साथमा मर्न पाईयोस् ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १९

अस्थायी दुखेसो कुनैबेला टर्न सक्छ
सुखवहमा दुःख पनि त पर्न सक्छ
यो हेप्ने थिच्ने प्रकार्य कहिल्यै नगरौँ
समयको साथमा प्रलय गर्न सक्छ
परेकाले त ज्ञानको ज्योति छर्न सक्छ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग २०

पाँच सय वर्षपछि आए राम
सबैको मान सम्मान पाए राम
आस्था र विचार नासिदैन हेर
सारा प्राणीको मोहनी लाए राम
महापुरूष बनेर छाए राम ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा ।

पञ्चाङ्ग २१

हामी सबै सँगै मिलि जुलि रंगिन बाटो भर्न पाउँ
कहिँ कतै नछुट्टि कनै अथाह जंघार तर्न पाउँ
आफ्नै सँस्कार संस्कृतिको भित्र रम्दै जम्दै हरपल
रुढीबादी समाजको पहाड झै त्यो पर्दा हर्न पाउँ
एकतामा अनेकताको कृति संसारमा दर्न पाउँ ।

टिकाराम पुन एकलब्य
छत्रेश्वरी गाउँपालिका २
सल्यान

पञ्चाङ्ग २२

मनको हरेक चाहाना पुरा गर्न पाए हुन्थे
उसको मनमा खुसी सधै छर्न पाए हुन्थे
मनमा हरेक चाहना भावनाले खुसी हुँदा ,
सफलतामा खुसीले अघि सर्न पाए हुन्थे
साहित्यमा आफ्नो नाम भर्न पाए हुन्थे !

श्री कृष्ण धामी – बझाङ

पञ्चाङ्ग २३

तिम्रो झुठो प्रेमको जालमा पर्न सक्दिन
उर्लिएको भेलमा हामफालेर मर्न सक्दिन
यसैपनि जिन्दगी भुईझरेको पातसरी भाछ
कमल झैँ फूल बनेर सुगन्द छर्न सक्दिन
म चाहेर पनि तिमीलाई माया गर्न सक्दिन ।

Manoj Rana बन्गाड कुपिण्डे ३ सल्यान


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...